Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Sunday, April 26
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»मध्यपूर्व गतिविधि»यूएई»वाद र दलगत होइन , सच्चा नागरिक भएर जनप्रतिनिधीलाई प्रश्न सोध्नुस् : सोवीता गौतम
    यूएई

    वाद र दलगत होइन , सच्चा नागरिक भएर जनप्रतिनिधीलाई प्रश्न सोध्नुस् : सोवीता गौतम

    हालखबर अनलाइनBy हालखबर अनलाइन२ वर्ष अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    दुबई । नेपालका हरेक संघसस्था तथा घर-घरमा राजनीति आगो जसरी पसेर देशमा राजनीतिक डढेलो लागेको रास्वपाकी नेत्री सोवीता गौतमले बताईन् । काठमाण्डौ क्षेत्र नम्बर २ दुईकी प्रतिनिधि सभा सदस्य, तथा रास्वपाकी सस्थापक केन्द्रिय सदस्य गौतमले रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग यूएईले राखेको भेटघाट तथा संवाद कार्यक्रममा सम्बोधन गर्दै यसो बताएकी हुन् ।

    गौतमले देश राजनीतिक डढेलोका कारण रोईरहेको बताउदै बिदेशिएका नेपालीलाई निराश नहुन र एक भएर देशका लागि काम गर्न आग्रह गरेकी हुन । मरुभुमीमा पनि दूरगामी सोंच भएका शासक भए विकाशले गति लिने बताउदै गौतमले दुबईको बिकास देखेर आफु अच्चम्मित भएको बताईन् ।

    मरुभुमी बालुवा नै बालुवा होला भन्ने सोच भए पनि जताततै हरियाली, गगनचुम्वी महल लगायत पर्यटकीय देश बनेर दुबईले चिनाएको रहेछ उनले भनीन। प्रकृतिको धनी मेरो देश पानीको मुहान छ धारामा पानी छैन, खेतियोग्य जमिन छ मल छैन, बाझो बसेको छ र प्लटिङमा सिमित रहेको बताउँदै उनले नेपालीहरुले दुबई बनाए तर अशल शासक नभएकोले नेपाल बन्न नसकेको बताईन ।

    कार्यक्रममा नेपाली समाज यूएईका संस्थापक सिपी सापकोटाले चार दशक देखि आफूले यहाँ काम गर्दै गर्दा पछिल्लो समय भिजिट भिषामा यहाँ नेपालीहरु उतारेर अलपत्र पार्ने नेपालीहरु नै रहेकोले यसको समाधानमा लाग्नु पर्ने बताए । दक्ष भएमा मात्र यहाँ भिजिटमा आएर पनि काम पाउन सकिने बताउँदै सापकोटाले यूरोप र अमेरीका छिराउने भन्दै अझ ५० /६० लाख लिएर फरार भएकाहरुलाई समातेर उद्धार गरेको पनि उनले स्मरण गराए । उनले कोहि त्यस्तो पिडित भएमा निबेदन दिएमा दूतावास तथा सम्बन्धित निकायमा जानकारी गराई समस्याको समाधान गरिने बताए ।

    सम्पर्क विभागका सभापति सुजन थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार महासंघ युएई शाखाका उमाकान्त पाण्डेले दुबईमा नेपालीहरुको समस्या दले र ठगेहरुको विगविगिले गर्दा उत्पन्न भएको बताए । यहाँका समस्याका बारेमा लेख्दा बोल्दा,आफ्नै दुतावास र त्यसको नेत्रित्वले समस्या उत्पन्न गराउने भन्दै यसलाई गंभीर रुपमा लिन र २० बर्ष देखि दुबई जेलमा रहेका दार्चुलाका अमर बहादुर बमको उद्धारको लागि पहल गर्न पनि प्रमुख अतिथि समेत रहेकी रास्वपाकी केन्द्रीय सदस्य गौतमलाई पत्रकार पाण्डेले आग्रह गरे ।

    कार्यक्रममा प्रतिनिधिहरुले नेपाली दूतावास आबुधावीले दिने सेवा प्रवाह, ढिलासुस्ती भएको, ब्यबस्थित नभएको, र दुतावास दुबई क्षेत्र बाट टाढा रहेको लगायतका गुनासा सुनाएका थिए ।

    अमर राज राईले संञ्चालन गरेको उक्त कार्यक्रममा बलभद्र सेन वलीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा नेपाली समाजका केदार कुंवर, ग्लोबल एनआरएनएका पासाङ शेर्पा,आदिवासी जनजाति महासंघका विक्रम लिम्बु, सनातन गौ संरक्षण युएईकी रमा पन्थ न्यौपाने,युवा व्यवसायी खगेन्द्र शर्मा लगायतका संघसंस्थाका प्रतिनिधिहरुले मन्तव्य राखेका थिए ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.