Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Sunday, April 26
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»मेन स्टोरी»हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशी रिहा हुन्छन : परराष्ट्रमन्त्री साउद
    मेन स्टोरी

    हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशी रिहा हुन्छन : परराष्ट्रमन्त्री साउद

    हालखबर अनलाइनBy हालखबर अनलाइन२ वर्ष अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    परराष्ट्रमन्त्री एनपी साउद
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले कतारका प्रधानमन्त्रीले हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशी रिहा हुनेमा ढुक्क हुन आग्रह गरेको बताएका छन् ।

    कतारमा भएको दोहा फोरममा सहभागी भएर शनिबार साँझ नेपाल फर्किएका परराष्ट्रमन्त्री साउदले कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीले हमासले विदेशी नागरिक र गैरसैनिक मुक्त गर्ने कुरामा आफू आश्वस्त रहेको भन्दै नेपाललाई पनि आश्वस्त हुन आग्रह गरेको बताए ।

    ‘विदेशी र गैरसैनिक मुक्त गर्ने सन्दर्भमा सम्बन्धित पक्षसँग छलफल कुराकानी गरिरहेको, मुक्त हुनेमा आश्वस्त रहेको र नेपाली बन्धक पनि मुक्त हुने कुरामा आश्वस्त रहनुस् भन्नुभएको छ’, शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले भने ।

    प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणका क्रममा इजरायलमा अध्ययनका लागि गएका नेपाली विद्यार्थी विपिन जोशी सम्पर्कविहीन भएका थिए । इजरायली सेनाले उनी हाल हमासको कब्जामा रहेको बताएको छ । तर उनको रिहा भएको छैन ।

    हमाससँग राम्रो सम्बन्ध रहेका आधारमा नेपालले कतारलाई विपिन जोशीको रिहाइमा सहयोग गर्न आग्रह गरेको थियो ।

    परराष्ट्रमन्त्री साउद कतार गएका बेला त्यहाँका प्रधानमन्त्रीसँग शिष्टाचार भेट गरेका थिए । त्यस क्रममा उनले विपिन जोशी रिहाइमा सहयोग माग गरेका थिए ।

    परराष्ट्रमन्त्री साउदले रुसी सेना भर्नाका बारेमा नेपालले काठमाडौंस्थित रुसी राजदूतलाई परराष्ट्र मन्त्रालयमा बोलाएर नेपालको धारणा स्पष्ट रुपमा राखेको बताए । नेपालले रुसी सेनामा भर्ना भएका नेपालीलाई फिर्ता पठाउन रुससँग आग्रह गरेको छ भने मृत्यु भएकाहरुको शव पठाउन पनि भनेको छ ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.