हालखबर अनलाइन ।
पूर्व–पश्चिम संकल्प यात्रामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि हातपात भएको छ। भोजपुरबाट धनकुटा जाने क्रममा उनीमाथि हातपात भएको हो।
धनकुटाको महालक्ष्मी नगरपालिका – ५ लेगुवामा ओलीमाथि स्थानीयवासी महेश राईले मुक्का प्रहार गरेको बताइएको छ।
ओलीको स्वागतमा लाइनमा बसेकाहरूको बीचबाट आएका राईले ओलीनजिकै पुगेर मुक्का प्रहारको प्रयास गरेको सामाजिक सञ्जालमा आएको भिडियोमा देख्न सकिन्छ। एक मुक्का प्रहारको प्रयासलगत्तै राईलाई सुरक्षाकर्मी र यात्रामा रहेकाले नियन्त्रणमा लिएका छन्।
Facebook Comments Box
