Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ४ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ४ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि
    Facebook Twitter Instagram
    Monday, April 20
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»मध्यपूर्व गतिविधि»यूएई»नेपालीलाई ठग्ने र समस्यामा पार्नेहरुको विवरण प्रमाण सहित ल्याउनुस्, कारबाहीको दाँयरामा ल्याउछौ : राजदुत क्षेत्री
    यूएई

    नेपालीलाई ठग्ने र समस्यामा पार्नेहरुको विवरण प्रमाण सहित ल्याउनुस्, कारबाहीको दाँयरामा ल्याउछौ : राजदुत क्षेत्री

    उमाकान्त पाण्डेBy उमाकान्त पाण्डे२ वर्ष अगाडि3 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    दुबई । युएईका लागि नेपाली राजदुत तेजबहादुर क्षेत्रीले युएईमा नेपालीहरुलाई ठग्ने र समस्यामा पार्नेहरुलाई कारबाहीको दाँयरामा ल्याउने बताएका छन । यहाँ नेपालीलाई भिजिट भिसामा ल्याउने र अलपत्र पार्ने, रोजगारी दिन्छु भन्दै ठग्ने र समस्यामा पार्ने धेरै नेपालीनै भएको भन्ने सूचना दुतावासमा आएकोबारे बताउदै राजदुत क्षेत्रीले त्यसरी ठग्ने र समस्यामा पार्नेहरुको प्रमाण सहित दुतावासमा बुझाउन संघसस्था तथा यहाँ रहेका नेपालीलाई आग्रह गरेका हुन ।

    राजदुत क्षेत्रीले प्रमाण सहित आउने विवरणको सहयोगमा समस्या समाधान तथा कारबाहीको दाँयरामा ल्याउन सकिने भएकाले दुतावासलाई सहयोग गर्न अनुरोध गरेका हुन । राजदुत क्षेत्रीले दुतावास यहाँ रहेका संघसस्था तथा नेपाली समुदाय सँग सहकार्य गर्दै दुतावासलाई सबै श्रमिकले अपनत्व गर्ने साझा घर बनाउने प्रतिबद्धता गरेका हुन्।

    चौथो पूर्ण राजदुतका रूपमा युएई आएका राजदुत क्षेत्रीलाई स्वागत गर्न एनआरएन युएईले यहाँका संघसस्थाको सहभागीतामा आइतबार दुबईमा आयोजना गरेको कार्यक्रममा बोल्दै राजदुत क्षेत्रीले नेपालीलाई परेको समस्या सक्दो छिट्टो दुतावासलाई जानकारी गराएर सहयोग गर्न संघसस्थालाई आग्रह गर्दै यहाँ कार्यरत नेपालीलाई कानुनी सचेतना आवश्यकता भएको उल्लेख गरे ।

    युएई सुरक्षित गन्तब्यमुलुक भएकाले यहाँ अन्य थुप्रै अवसर भएको बताउदै राजदुतक्षेत्रीले युएईबाट नेपालमा लगानी भित्राउन, व्यापारिक सम्बन्ध बढाउन र अन्य थुप्रै बिषयमा दुतावासले काम गरिरहेको बताउदै युएई सरकारले नेपालीलाई हेर्ने दृष्‍टिकोण सकरात्मक भएको आफुले पाएको उल्लेख गरे । आंफुले यहाँ आएर गरेका उच्चस्तरिय भेटघाटका क्रममा युएईका मन्त्री, उच्चस्तरिय अधिकारीहरुले नेपालीको प्रशंशा गर्ने गरेको पाएको राजदुत क्षेत्रीले बताए ।

    संघसस्थाद्वारा नयाँ राजदुत र दुतावासका पदाधिकारीलाई सामुहिक स्वागत

    गैर आवसीय नेपाली संघ(एनए)युएईले यहाँ रहेका संघसस्थाको सहभागीतामा युएईका लागि नवनियुक्त राजदुत तेजबहादुर क्षेत्री सहित दुतावासमा आएका नयाँ पदाधिकारीलाई सामुहिकरुपमा स्वागत सहित सम्मान गरेको छ। एनआरएन युएईले यहाँ रहेका वैचारिक, जिल्लागत, तथा बिभिन्न जातियसंघसस्था एवम बैंकरसँगको समन्वयबमा राजदुत क्षेत्री सहित द्वितिय सचिव भुपेन्द्रप्रसाद घिमिरे, श्रम सहचारी आविद अन्सारी, त्रितिय सचिव वीमलेसकुमार मीश्र,लेखा अधिकृत बिकास भट्टराई सहित दुतावासका पदाधिकारीलाई सामुहिक स्वागत तथा सम्मान गरेको हो ।राजदुत क्षेत्री सहित दुतावास पदाधिकारीलाई संघसस्थाले फूलमाला, खादा तथा दोशल्ला सहित नेपाली ढाका टोपी लगाई स्वागत गरेका थिए ।

    राजदुत क्षेत्रिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दुतावासका अधिकारीहरुको बिशेष आतिथ्यता थियो भने कार्यक्रममा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत,राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिकी सदस्य कमला वली शिवाकोटीको बिशेष आतिथ्यता थियो भने कार्यक्रममा एनआरएन आइसीसी सदस्य खेमराज बस्नेत, दिपक खड्का, पुषकर सापकोटा, मणी भुर्तेल तथा यहाँ रहेका संघसस्थाका प्रतिनिधिहरुको उपस्थिती थियो ।

    कार्यक्रममा बोल्ने संघसस्थाका प्रतिनिधिले दुतावासलाई हरेक गतिबिधिमा हातेमालो गरी सहयोग गर्ने बताएका थिए । दुतावास सबै नेपालीको पहुचमा हुनुपर्छ, जसरी अहिले स्वागत गरेका छौ उसै कार्यकाल पुरा गरी फर्किदा बिदाइ गर्न पाइयोस भन्ने अपेक्षा राखेका थिए । त्यसका लागि दुतावास श्रमिकमैत्री हुन आबश्यक रहेको उनिहरुको भनाइ थियो ।

    कार्यक्रममा सहभागी बिभिन्न संघसस्थाले राजदुतलाई भेटेर ज्ञापनपत्र समेत बुझाएका थिए ।

    कार्यक्रममा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत,राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिकी सदस्य कमला वली शिवाकोटी, एनआरएन मध्यपुर्व उप सम्योजक रमेश श्रेष्ठ, युवा सम्योजक निराजन सिलवाल, प्रवासी मन्च युएईका अध्यक्ष टक गुरुङ, जनप्रगतीशिल मन्चका अध्यक्ष बाबुराम विश्वकर्मा, वरीस्ठ न्युरो चिकिस्तक सफल सापकोटा, महिला प्रतिनिधि सोनी भण्डारी, अर्घाखाँची संपर्क समितिका अध्यक्ष जेपी पोखरेल, बारा सेवा समाजका गोकुल कुईकेल, रोल्पाली समाज युएईका अध्यक्ष दिल पुन तथा पत्रकार उमाकान्त पाण्डे लगायतले बोलेका थिए ।

    कार्यक्रममा युएईमा रहेको नेपालीको पुरानो सस्था नेपाली समाज युएई र पत्रकार महासंघ युएई शाखा भने कार्यक्रम सहभागी भएनन । सस्थाहरुलाई निमन्त्रणा गरिए पनि आफ्नै कारण देखाउदै दुबै सस्थाले सहभागीता जनाएनन । यी दुई सस्थाले नीमन्त्रणा पाएको स्वीकार गरेपनि कार्यक्रममा सहभागी नहुनुको कारण भने खुलाएनन् ।

    एनआरएन युएईका उपाध्यक्ष बिष्णुलाल श्रेष्ठको स्वागत तथा महासचिव भुवनकुमार वाग्लेको सन्चालनमा भएको कार्यक्रमको अध्यक्षता एनआरएन युएईका अध्यक्ष बिकाश शाहीले गरेका थिए ।

    एनआरएन (नेपाल एसोसीएसन) युएईले पछिल्लो ६ महिनामा गरेका सामाजिक कार्यहरुको प्रगती विवरण समेत प्रस्तुत गरिएको थियो । तथ्याकं अनुसार एनआरएन युएईको वर्तमान कार्यसमितिले यहाँ ज्यान गुमाएकी एक महिलाको शब नेपाल पठाएको सहित, १३ जना नेपालीलाई उद्दार गरी कागजात एवम हवाई टिकट प्रदान गरिएको उल्लेख छ ।

    Facebook Comments Box

    Author

    • उमाकान्त पाण्डे
      उमाकान्त पाण्डे

      अर्घाखाँची स्थायी घर भएका पाण्डे डेढ दशकयता यूएईमा बसेर पत्रकारिता गर्दै आएका छन् । बैदेशिक रोजगार, श्रम र श्रमिकका बिषयमा कलम चलाउने पाण्डेसँग विभिन्न रेडियो, पत्रिका तथा अनलाइनमा काम गरेको अनुभव छ ।

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ४ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ४ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ५ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.