Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Sunday, April 26
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»मेन स्टोरी»तत्काल गठबन्धन टुट्नेवाला छैन : प्रचण्ड
    मेन स्टोरी

    तत्काल गठबन्धन टुट्नेवाला छैन : प्रचण्ड

    हालखबर अनलाइनBy हालखबर अनलाइन२ वर्ष अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको वर्तमान सरकार संकटमा नरहेको बताएका छन् ।

    प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सोमबार सम्पादकहरुसँग कुरागर्दै प्रधानमन्त्री प्रचण्डले आफू संसदमा ३२ सिट रहेको तेस्रो दलको नेता भए पनि सरकार संकटमा नरहेको बताएका हुन् ।

    ‘मलाई थाहा छ मेरो ससंदमा ३२ सिट छ र म शक्तिशाली पनि छैन । तर पनि म लक्की छु, किनकी यो गठबन्धन तत्काल टुटनेवाला छैन’, उनले भने ।

    २०७९ मंसिरमा सम्पन्न निर्वाचन पछि १० पुसमा नेकपा एमालेसहितको दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले करिब दुई महिनापछि राष्ट्रपति निर्वाचनका बेला नेपाली कांग्रेसलाई साथ दिएपछि एमालेसँगको सम्बन्ध टुटेको थियो । आफू नेतृत्वको सरकारले करिब एक वर्ष पूरा गर्न लाग्दा उनी सरकार तलमाथि नहुनेमा निश्चिन्त देखिए ।

    गठबन्धन भित्र कतिपय मामिलामा विवाद, असहमति देखिए पनि तिनले सरकारको भविष्यमाथि कुनै प्रभाव नपार्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ । उनले भने, ‘तपाईंहरुले गठबन्धनभित्र पनि कतिपय अन्तरविरोधहरु देख्नु, सुन्नु भएको होला तर ती सरकारको भविष्यलाई प्रभाव पार्ने स्तरमा छैनन् ।’

    मुलुकको वर्तमान राजनीतिक शक्ति सन्तुलनमाथि टिप्पणी गर्दै प्रचण्डले सरकारको भविष्यमा तत्काल कुनै प्रश्न उठ्ने अवस्था नरहेको बताए । गठबन्धनभित्र मात्रै होइन, वर्तमान सरकारले प्रमुख राजनीतिक मामिलामा प्रमुख प्रतिपक्षी दलसंग समेत वार्ता र सहकार्य गरिरहेको प्रधानमन्त्रीको भनाइ छ ।

    सम्पादकहरुको प्रश्नको जवाफमा उनले भने, ‘प्रमुखजसो सरोकारका बिषयहरुमा प्रमुख बिपक्षी दललाई समेत लिएर हिँड्ने एक खालको अवधारणा बनेको छ । जस्तो कि वर्तमान संविधान र त्यसले संस्थागत गरेका उपलब्धी उल्टाउन खोज्नेहरु विरुद्ध गठबन्धन र प्रमुख विपक्षी एक ठाउँमा छन् ।’

    प्रधानमन्त्री प्रचण्डले मुलुकको आर्थिक स्थितिमा देखिएको असहजता अन्त्यका लागि पनि आफूले संयुक्त पहल गरेको बताए ।

    उनले संविधान अनुसार गतिविधि गर्ने अधिकार पूर्वराजालाई पनि रहेको तर प्रणालीविरुद्ध गतिविधि गर्न छुट नभएको बताए । ‘लोकतान्त्रिक गणतन्त्र बमोजिमको संविधान मातहत रहेर आफ्ना गतिविधि गर्ने अधिकार राजालाई पनि छ, तर यो प्रणाली विरुद्ध अनावश्यक हर्कत हुन खोजे के गर्ने भन्ने सम्बन्धमा पनि प्रमुख दलहरु बीच साझा धारणा निर्माण गरिने छ’ उनले भने ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.