आबुधावी । कोअप २८ मा सहभागी हुन युएई आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यहाँ रहेको नेपाली समुदायलाई सम्बोधन गरेका छन । युएईमा कार्यरत नेपालीलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले युएईको दुबई राज्यमा नेपाली दुतावासको कन्सुलेट कार्यालय स्थापनाका लागि प्रकृया सुरु गर्ने बताएका छन ।
वर्तमान आफ्नो नेत्रित्वको सरकारले कुनै पनि देशमा १० हजार भन्दा धेरै नेपाली कार्यरत रहेको अवस्थामा दुतावास स्थापना गर्ने भन्ने योजनाका साथ काम गरिरहेको भन्दै युएईको दुबई राज्यमा दुतावासको कन्सुलेट स्थापना गर्न आबश्यकता भएको बारे आफु जानकार भएको भन्दै नेपाल फर्के लगत्तै आफुले प्रकृया सुरु गर्ने बताएका हुन ।

त्यस्तै प्रधानमन्त्री प्रचन्डले बिदेशमा रहेका नेपाली नागरिकले पनि नेपालमा हुने निर्वाचनमा भोट् गर्न पाउने ब्यबस्था गर्न आफु र आफ्नो नेत्रित्वको सरकार प्रतिबद्द भएको बताए ।
बिहीवार आबुधाविको ५ तारे होटल सेराटन कर्नेसको सभाहलमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्रीले स्थानीय सरकारलाई थप सकृय र सेवा मूखी बनाउदै घरघरमा सरकार पुगेको महसुश हुने गरि सरकारले काम गरेको उल्लेख गरे ।
आफुले सरकारको नेत्रित्व गरे लगत्तै सामाजिक सुरक्षा कोष कार्यक्रम ल्याएर बिदेशमा कार्यरत नेपालीलाई थप समेट्ने प्रयास गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

कोअप २८ मा सहभागी हुन बिहीवार बिहान युएई आएका प्रधानमन्त्री प्रचण्डको स्वागतमा नेपाली दुतावास आबुधावीले राजधानी आबुधावीमा आयोजना गरेको दिवा भोज तथा नेपाली समुदायसँगको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल र नेपालीको हितमा आफुले काम गरिरहेको भन्दै यहाँ रहेको नेपाली दुतावासलाई पनि सोही अनुसार श्रमिकको पक्षमा र नेपाली नागरिकको पक्षमा काम गर्न निर्देशन समेत दिएका थिए ।
कार्यक्रममा वन तथा वातावरण मन्त्री बिरेन्द्र प्रशाद महतो , नेपालका लागि युएईका राजदुत अब्दुल्ला अल शाम्सी, युएईका पुर्व राजदुत सईद हमदान अल नाक्बी, तथा नेपालबाट आएको भ्रमणदलका उच्च अधिकारी, नेपाली समाज, एनआरएन, पत्रकार महासंघ, नेपाल बिजनेस काउन्सिल, बैंकर , सामाजिक अगुवा तथा आम युएईमा रहेका नेपाली समुदायका प्रतिनिधिहरुको उपस्थिती थियो ।

कार्यक्रममा युएईका लागि नेपाली राजदुत तेजबहादुर क्षेत्रीले प्रधानमन्त्री प्रचन्डको युएई भ्रमण सफलताको कामना सहित दुतावासले गरेका मुख्य गतिबिधी बारे प्रकाश पारेका थिए । श्रम काउन्सिलर दिनबन्दु सुवेदीले सन्चालन गरेको कार्यक्रममा एनआरएन युएईले १२ बुदे तथा नेपाली समाज युएईले साइडलाइनमा २० बर्षदेखी दुबई जेलमा रहेका अमरबहादुर बमको उद्दारका लागि एक बुदे ज्ञापन पत्र बुझाएका थिए ।
एनआरएन युएईका कार्यबहाक अध्यक्ष मनोजकुमार सैजु सहितको टोलीले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाएको हो । त्यस्तै नेपाली समाजका अध्यक्ष वेदप्रसाद अर्यालको नेत्रित्वमा रहेको टोलीले साइडलाइनमा प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाएको हो ।


एक बुदे ज्ञापनपत्र ग्रहण गर्दै प्रधानमन्त्री प्रचन्डले आफुले अमर बहादुर बमको उद्दारका लागि यस् अघी पनि पहल गरेको , पुर्व प्रधानमन्त्री बाबुराम भट्टराइ, स्वर्गिय शुशिल कोइराला, लगायतले पहल गरेको आफुलाई जानकारी भएको भन्दै आफुले आफ्नो तहबाट सक्दो प्रयास गर्ने बताए ।

यसैबीच कोप २८ मा सहभागी हुन बिहीवार बिहान संयुक्त अरब इमिरेट्स (युएई) आइपुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अबुधावीस्थित नेपाली राजदूतावासमा आयोजित आन्तरिक कार्यक्रममा समेत सहभागी भएका छन ।
कार्यक्रममा नेपाली दुतवास आबुधावीका कुटनीतिज्ञ टोली तथा भ्रमण दलमा रहेका सरकारी उच्च अधिकारीको सहभागीता थियो । कार्यक्रममा दुतावास र दुतावासका सेवालाई सेवामुखी र थप प्रभावकारी बनाउन प्रधानमन्त्री प्रचण्डले निर्देशन समेत दिएका थिए ।

सिमित स्रोत र साधनका बाब्जुत दुतावासले गरेका कामको प्रधानमन्त्री प्रचण्डले प्रशंसा समेत गरेका थिए ।
