Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ४ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ४ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि
    Facebook Twitter Instagram
    Monday, April 20
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»मध्यपूर्व गतिविधि»बिदेशमा कार्यरत नागरिकले भोट गर्न पाउने ब्यबस्था गर्न सरकार प्रतिबद्द : प्रधानमन्त्री प्रचण्ड
    मध्यपूर्व गतिविधि

    बिदेशमा कार्यरत नागरिकले भोट गर्न पाउने ब्यबस्था गर्न सरकार प्रतिबद्द : प्रधानमन्त्री प्रचण्ड

    उमाकान्त पाण्डेBy उमाकान्त पाण्डे२ वर्ष अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    आबुधावी । युएई भ्रमणमा आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यहाँ रहेको नेपाली समुदायलाई सम्बोधन गरेका छन । बिदेशमा कार्यरत नेपालीलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बिदेशमा रहेका नेपाली नागरिकले पनि नेपालमा हुने निर्वाचनमा भोट् गर्न पाउने ब्यबस्था गर्न आफु र आफ्नो नेत्रित्वको सरकार प्रतिबद्द भएको बताएका हुन ।

    बिहीवार आबुधाविको ५ तारे होटल सेराटन कर्नेसको सभाहलमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्रीले स्थानीय सरकारलाई थप सकृय र सेवा मूखी बनाउदै घरघरमा सरकार पुगेको महसुश हुने गरि सरकारले काम गरेको उल्लेख गरे ।

    आफुले सरकारको नेत्रित्व गरे लगत्तै सामाजिक सुरक्षा कोष कार्यक्रम ल्याएर बिदेशमा कार्यरत नेपालीलाई थप समेट्ने प्रयास गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

    कोअप २८ मा सहभागी हुन बिहीवार बिहान युएई आएका प्रधानमन्त्री प्रचण्डको स्वागतमा नेपाली दुतावास आबुधावीले राजधानी आबुधावीमा आयोजना गरेको दिवा भोज तथा नेपाली समुदायसँगको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल र नेपालीको हितमा आफुले काम गरिरहेको भन्दै यहाँ रहेको नेपाली दुतावासलाई पनि सोही अनुसार श्रमिकको पक्षमा र नेपाली नागरिकको पक्षमा काम गर्न निर्देशन समेत दिएका थिए ।

     संयुक्त अरब इमिरेट्स (युएई) आइपुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अबुधावीस्थित नेपाली राजदूतावासमा बिहीबार आयोजित कार्यक्रममा

    कार्यक्रममा वन तथा वातावरण मन्त्री बिरेन्द्र प्रशाद महतो , नेपालका लागि युएईका राजदुत अब्दुल्ला अल शाम्सी, युएईका पुर्व राजदुत सईद हमदान अल नाक्बी, तथा नेपालबाट आएको भ्रमणदलका उच्च अधिकारी, नेपाली समाज, एनआरएन, पत्रकार महासंघ, नेपाल बिजनेस काउन्सिल, बैंकर , सामाजिक अगुवा तथा आम युएईमा रहेका नेपाली समुदायका प्रतिनिधिहरुको उपस्थिती थियो ।

    कार्यक्रममा युएईका लागि नेपाली राजदुत तेजबहादुर क्षेत्रीले प्रधानमन्त्री प्रचन्डको युएई भ्रमण सफलताको कामना सहित दुतावासले गरेका मुख्य गतिबिधी बारे प्रकाश पारेका थिए । श्रम काउन्सिलर दिनबन्दु सुवेदीले सन्चालन गरेको कार्यक्रममा एनआरएन युएईले १२ बुदे तथा नेपाली समाज युएईले साइडलाइनमा २० बर्षदेखी दुबई जेलमा रहेका अमरबहादुर बमको उद्दारका लागि एक बुदे ज्ञापन पत्र बुझाएका थिए ।

    एनआरएन युएईका कार्यबहाक अध्यक्ष मनोजकुमार सैजु सहितको टोलीले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाएको हो । त्यस्तै नेपाली समाजका अध्यक्ष वेदप्रसाद अर्यालको नेत्रित्वमा रहेको टोलीले साइडलाइनमा प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाएको हो ।

    एक बुदे ज्ञापनपत्र ग्रहण गर्दै प्रधानमन्त्री प्रचन्डले आफुले अमर बहादुर बमको उद्दारका लागि यस् अघी पनि पहल गरेको , पुर्व प्रधानमन्त्री बाबुराम भट्टराइ, स्वर्गिय शुशिल कोइराला, लगायतले पहल गरेको आफुलाई जानकारी भएको भन्दै आफुले आफ्नो तहबाट सक्दो प्रयास गर्ने बताए ।

    Facebook Comments Box

    Author

    • उमाकान्त पाण्डे
      उमाकान्त पाण्डे

      अर्घाखाँची स्थायी घर भएका पाण्डे डेढ दशकयता यूएईमा बसेर पत्रकारिता गर्दै आएका छन् । बैदेशिक रोजगार, श्रम र श्रमिकका बिषयमा कलम चलाउने पाण्डेसँग विभिन्न रेडियो, पत्रिका तथा अनलाइनमा काम गरेको अनुभव छ ।

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ४ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ४ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ५ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.