आबुधावी । कोप २८ मा सहभागी हुन संयुक्त अरब इमिरेट्स (युएई) आइपुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अबुधावीस्थित नेपाली राजदूतावासमा बिहीबार आयोजित कार्यक्रममा सहभागी भएका छन ।
कार्यक्रममा नेपाली दुतवास आबुधावीका कुटनीतिज्ञ टोली तथा भ्रमण दलमा रहेका सरकारी उच्च अधिकारीको सहभागीता थियो । कार्यक्रममा दुतावास र दुतावासका सेवालाई सेवामुखी र थप प्रभावकारी बनाउन प्रधानमन्त्री प्रचण्डले निर्देशन समेत दिएका थिए ।
सिमित स्रोत र साधनका बाब्जुत दुतावासले गरेका कामको प्रधानमन्त्री प्रचण्डले प्रशंसा समेत गरेका थिए ।

Facebook Comments Box
