Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Saturday, April 25
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»मध्यपूर्व गतिविधि»भिजिट भिसामा ‘सेटिङ’ मिलाएर मानव तस्करी : अध्यागमन, प्रहरी र एयरलाइन्सका कर्मचारीकै मिलेमतो
    मध्यपूर्व गतिविधि

    भिजिट भिसामा ‘सेटिङ’ मिलाएर मानव तस्करी : अध्यागमन, प्रहरी र एयरलाइन्सका कर्मचारीकै मिलेमतो

    हालखबर अनलाइनBy हालखबर अनलाइन२ वर्ष अगाडि4 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय, प्रहरी र एयरलाइन्ससँगको मिलेमतोमा नक्कली कागजपत्रका आधारमा भिजिट भिसा बनाएर युएई लगायतका मुलुकमा मानव तस्करी हुने गरेको छ । नक्कली कागजपत्र बनाउने समूहका सदस्यसहित एक प्रहरी पनि पक्राउ परेपछि यो तथ्य बाहिरिएको हो ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डिएसपी गोविन्द पन्थी नेतृत्वको टोलीले गत १९ र २० कात्तिकमा विमानस्थलस्थित प्रहरी सुरक्षा कार्यालयमा कार्यरत एक प्रहरी जवानसहित नक्कली कागजपत्र बनाउने समूहका १२ सदस्यलाई पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा यो समूहले अध्यागमन, प्रहरी र एयरलाइन्सका कर्मचारीसँग ‘सेटिङ’ मिलाएर भिजिट भिसामा मानव तस्करी गर्ने गरेको खुलेको छ ।

    नक्कली कागजात बनाई भिजिट भिसाको आवरणमा मानव तस्करी हुने गरेको अनुसन्धानबाट खुलेको छ । यसमा अन्तर्राष्ट्रिय विमानस्थलस्थित तालुकवाला निकायका कर्मचारी नै संलग्न देखिन्छन् ।

    ‘नक्कली कागजात बनाई भिजिट भिसाको आवरणमा मानव तस्करी हुने गरेको अनुसन्धानबाट खुलेको छ । यसमा अन्तर्राष्ट्रिय विमानस्थलस्थित तालुकवाला निकायका कर्मचारी नै संलग्न देखिन्छन्,’ अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले बताए ।

    सरकारले भिजिट भिसामा खाडीलगायतका मुलुक जान कक्षा १२ को शैक्षिक प्रमाणपत्रलाई अनिवार्य गरेको छ । त्यस्तै, भिजिट भिसामा जाने व्यक्तिको बैंकमा अनिवार्य रूपमा कम्तीमा दुई लाख रूपैयाँ हुनुपर्ने भनिएको छ । त्यसबाहेक भिसा र होटेल बुकिङ गरेको कागजात, प्रहरी रिपोर्ट पनि आवश्यक माग्ने गरिन्छ । तस्कर समूहले यी कागजात नक्कली बनाउने र त्यसकै आधारमा भिजिट भिसा बनाएर विदेश पठाउने गरेका थिए ।

    यो समूहले अध्यागमन कार्यालयका कर्मचारीलाई प्रतिव्यक्ति ४० देखि ५५ हजार र एयरलाइन्सका कर्मचारीलाई प्रतिव्यक्ति १० देखि १५ हजार बुझाउने गरेको थियो । त्यस्तै, विमानस्थलस्थित प्रहरीलाई भने उनीहरूले प्रतिव्यक्ति १० हजार रूपैयाँ दिएर सेटिङ मिलाउने गरेका थिए । प्रहरीका अनुसार तस्कर समूहले विमानस्थलमा ‘सेटिङ’का लागि मात्रै प्रतिदिन दुई करोडसम्म खर्च गर्ने गरेको थियो । यसरी नक्कली कागजात बनाई भिजिट भिसाको आवरणमा दैनिक दुई सय ५० भन्दा धेरैलाई विदेश पठाइने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

    प्रवक्ता एसपी रेग्मीले भने, ‘मानव तस्करीका लागि तस्करले विमानस्थलस्थित तालुकवाला कार्यालयका कर्मचारीलाई मिलाउन दैनिक ठूलो रकम खर्च गर्ने गरेको देखिन्छ ।’ प्रहरीको पछिल्लो अप्रेसनपछि यो कार्य धेरै घटेको उनको दाबी छ ।

    उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विमानस्थलमा कार्यरत प्रहरी जवान जीवराज तामाङसहित आशिष थापा, जयराम श्रेष्ठ, भक्तबहादुर थापा, दीपक केसी, विवेक भनिने बलबहादुर रावत, अनिस अमात्य, गोपाल रिजाल, पशुपति मैनाली, सागर चापागार्इं, अजित ज्ञवाली, विपिन ढकाल र सरेस बिसंखेलाई पक्राउ गरेको थियो । उनीहरूविरुद्ध अहिले मुद्दा चलिरहेको छ ।

    तर, मानव तस्करीमा संलग्न अध्यागमन र एयरलाइन्सका कर्मचारीलाई भने प्रहरीले अझै पक्राउ गरेको छैन । उनीहरूलाई पक्राउ गर्न केही कानुनी जटिलता देखिएको कार्यालयका प्रमुख एसएसपी सामेन्द्रसिंह राठौरले बताए । ‘मानव तस्करी गर्ने कार्यमा तालुकवाला निकायकै केही कर्मचारी संलग्न रहेको अनुसन्धानले देखाएको छ । तर, केही कानुनी जटिलता हुँदा उनीहरूलाई पक्राउ गर्न सकिएको छैन,’ उनले भने ।

    नक्कली कागजात बनाउन दुई छुट्टाछुट्टै फ्ल्याट

    तस्कर समूहले नक्कली कागजात बनाउन काठमाडौंमा छुट्टाछुट्टै दुईवटा फ्ल्याट भाडामा लिएका थिए । यस धन्दामा काठमाडौं महानगर–१ नक्सालका ३८ वर्षीय दीपक केसी र नागार्जुन नगरपालिका–३ का ४२ वर्षीय बलबहादुर राउत संलग्न थिए । कागजात बनाउन केसीले महाराजगन्ज र राउतले स्वयम्भुमा फ्ल्याट लिएका थिए ।

    उनीहरूको फ्ल्याटबाट प्रहरीले १३९ थान नक्कली बैंक स्टेटमेन्ट, १५ वटा नक्कली नाता प्रमाणित कागजात, २५ वटा नक्कली प्रहरी रिपोर्ट, ४० जनाको नक्कली श्रम स्वीकृति, १३ जनाको कोभिड–१९ को नक्कली रिपोर्ट, ६१ वटा कक्षा १२ पास गरेका नक्कली शैक्षिक प्रमाणपत्र, तीन एसएलसीको नक्कली प्रमाण पत्र र केही राहदानीसहित एक हजार ३२ कागजात बरामद गरेको थियो । प्रहरीका अनुसार पक्राउ परेकामध्ये केसी यसअघि एकपटक र राउत तीनपटक किर्ते कसुरमा पक्राउ परेका अभियुक्त हुन् ।

    सेटिङका मुख्य नाइके ट्राभल र कन्सल्टेन्सी सञ्चालक

    प्रहरीका अनुसार मानव तस्करी गर्ने धन्दाका मुख्य नाइके ट्राभल एजेन्सी र कन्सल्टेन्सीका सञ्चालक रहेको देखिएको छ । जसमा भक्तबहादुर थापा, अनिश अमात्य, गोपाल रिजाल, पशुपति मैनाली र सागर चापागाईं मुख्य नाइके रहेको खुलेको छ । थापा ट्राभल एजेन्सीका सञ्चालक हुन् ।

    त्यस्तै, अमात्यले इसिई कन्सल्टेन्सी, रिजालले प्रगति विद्याश्रम कन्सल्टेन्सी, मैनालीले निप्पोल कन्सल्टेन्सी र चापागाईंले एसटू अबरोड कन्सल्टेन्सी चलाउँदै आएका छन् । उनीहरूकहाँ आशिष थापा, जयराम श्रेष्ठ, अजित ज्ञवाली, विपिन ढकाल र सरेस बिसंखेले भिजिट भिसामा दुबईलगायतका खाडी मुलुक जान चाहनेहरूको राहदानी संकलन गरी उपलब्ध गराउँथे ।

    संकलित राहदानीअनुसार उनीहरूले केसी र राउतलाई नक्कली भिसा, प्रहरी रिपोर्ट, बैंक स्टेटमेन्ट, कक्षा १२ पास गरेको प्रमाणपत्र बनाउन भन्थे । कागजात तयारपछि भिजिट भिसामा जान चाहने व्यक्तिलाई उपलब्ध गराउँथे । यसबापत उनीहरूले निश्चित रकम असुल्थे । सोही रकममध्येको केही हिस्सा अध्यागमन, प्रहरी र एयरलाइन्सका कर्मचारीलाई उपलब्ध गराउँथे । र, भिजिट भिसाका आवरणमा मानव तस्करी गराउँथे । – नयाँ पत्रिका

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.