Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ४ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ४ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि
    Facebook Twitter Instagram
    Monday, April 20
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»मध्यपूर्व गतिविधि»दुईथरी भिसा लगाएर घरेलु कामदारमा कुवेत पठाइन्छन् नेपाली युवती
    मध्यपूर्व गतिविधि

    दुईथरी भिसा लगाएर घरेलु कामदारमा कुवेत पठाइन्छन् नेपाली युवती

    हालखबर अनलाइनBy हालखबर अनलाइन२ वर्ष अगाडि5 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    सरकारले कुवेतलगायत खाडी मुलुकमा घरेलु मजदुर पठाउन प्रतिबन्ध लगाएको छ । तर, एउटै राहदानीबाट दुईवटा भिसा बनाएर घरेलु मजदुरका रूपमा नेपाली युवतीहरूको तस्करी हुने गरेको छ ।

    प्राप्त कागजपत्रअनुसार नेपाल र कुवेतमा देखाउन दुईथरी भिसा बनाएर पठाउने गरिएको छ । एउटा भिसा श्रम स्वीकृति प्राप्त गर्नका लागि बनाइएको देखिन्छ भने अर्को भिसा कामदारलाई उपलब्ध गराउन बनाइएको देखिन्छ । श्रम स्वीकृति प्राप्त गर्न दिइएको भिसामा कामको प्रकृति ‘घरेलु मजदुर’ उल्लेख गरिएको छैन, कुवेत जानुको उद्देश्य कम्पनीमा काम गर्ने उल्लेख गरिएको छ । रोजगारदाता कम्पनीको नाम पनि भिसामा प्रस्टसँग खुलाइएको छ । यसलाई आधार बनाएर कुवेतस्थित दुतावासले श्रम स्वीकृतिका लागि पत्र लेखेको छ, जसमा श्रम सहचारी हेमकुमार अधिकारीको हस्ताक्षर र दूतावासको छाप छ ।

    तर, कुवेत पुगेपछि मजदुरलाई दिइने अर्को भिसामा भने प्रस्टसँग कामको प्रकृति ‘घरेलु मजदुर’ उल्लेख गरिएको छ । अरबी भाषामा उल्लेखित उक्त भिसा सबैले पढ्न सक्दैनन् । तस्करी गरिएका युवतीले कुवेत जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको चेकजाँचमा ‘घरेलु मजदुर’ उल्लेख नगरिएको भिसा देखाउँछन् र सजिलै कुवेत पुग्छन् । त्यहाँ पुगेलपछि अर्को भिसा प्रयोग गर्छन् र घरेलु मजदुरका रूपमा काममा लगाइन्छ ।

    कामदार जान चाहने मुलुकस्थित नेपाली दूतावासले सिफारिस गरेपछि हामीले श्रम स्वीकृति दिने हो । यी व्यक्तिहरूको हकमा पनि त्यही भएको हो । कागजात हेर्दा दूतावासबाटै कैफियत भएको हो कि जस्तो देखिन्छ । यस विषयमा अध्ययन गर्न हामीले पटक–पटक सम्बन्धित निकायलाई भन्यौँ, तर सुनुवाइ भएको छैन ।

    यसरी गैरकानुनी रुपमा कुवेत पुर्‍याइएका केही युवतीको विवरण प्राप्त भएको छ । तिमध्ये एक हुन्, सुनबर्सी– ५, मोरङकी आरतीकुमारी ऋषिदेव । ३० बैसाख ०८० मा उनको नाममा अंग्रेजी र अरबी भाषा उल्लेखित भिसा जारी भएको देखिन्छ । पिए १०६८७५८ नम्बरको राहदानीमा जारी भिसामा कम्पनीको नाम ‘मिस परेक्ट लाउन्ज सलुन एन्ड स्पा लेडिज ब्युटी’ उल्लेख छ । ‘हेयरड्रेसर’ काम तोकिएको छ । कुवेतस्थित नेपाली दूतावासले उनको श्रम स्वीकृति र उडान अनुमतिका लागि वैदेशिक रोजगार विभाग र अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयलाई सिफारिसपत्र पठाएको छ । जसमा श्रम सहचारी अधिकारीको हस्ताक्षर र दूतावासको छाप छ ।

    आरतीकुमार ऋषिदेवको त्यही नम्बरको राहदानीमा नाममा अर्को भिसा पनि जारी भएको छ । जसमा कामको प्रकृति ‘डोमेस्टिक वर्कर’ भनी उल्लेख गरिएको छ । भिसा भने अरबी भाषामा जारी भएको छ । जसमा कुवेतको आन्तरिक मामिला मन्त्रालयअन्तर्गतको ‘जेनरल डिपार्टमेन्ट अफ रेसिडेन्सी अफेयर्स’को छाप छ ।

    त्यस्तै, शुद्धोदन गाउँपालिका– ७, रुपन्देहीकी रेस्मीकुमारी थारूको स्टेट अफ कुवेतको लेटरहेडमा जारी भएको भिसामा कम्पनीको नाम अल बेइक प्यालेस रेस्टुरेन्ट उल्लेख छ । राहदानी नम्बर पिए १२५८३४३ उल्लेखित भिसामा कामको प्रकृति ‘क्लिनर’ भनिएको छ । नेपाली दुतावासले श्रम स्वीकृति र उडान अनुमतिका लागि सिफारिस गरेको छ । तर, सोही नम्बरको राहदानीमा जारी भएको अर्को भिसामा कम्पनीको नाम उल्लेख छैन । तर, कामको प्रकृति ‘डोमेस्टिक वर्कर’ भनी उल्लेख गरिएको छ । कुवेती अन्तरिक मामिला मन्त्रालयअन्तर्गतको ‘जेनरल डिपार्टमेन्ट अफ रेसिडेन्सी अफेयर्स’को लेटरहेडमा जारी भिसामा डिपार्टमेन्टको छाप छ । भिसा अरबी भाषामा जारी भएको छ ।

    कपिलवस्तु नगरपालिका– ९, कपिलवस्तुकी धनमाया आलेमगरको नाममा जारी स्टेट अफ कुवेतको लेटरहेडमा जारी भिसामा कम्पनीको नाम ‘मिस पर्फेक्ट लाउन्ज सलुन एन्ड स्पा फर लेडिज ब्युटी’ उल्लेख छ । कामको प्रकृति हेयरड्रेसर भनिएको छ । राहदानी नम्बर पिए ०६११८१५ मा जारी भिसाको प्रमाणीकरण १२ अप्रिल ०२३ मा गरिएको छ । अंग्रेजी र अरबी भाषामा भिसा जारी गरिएको छ । ‘जेनरल डिपार्टमेन्ट अफ रेसिडेन्सी अफेयर्स’ बाट धनमायाकै राहदानी नम्बरमा अरबी भाषामा उल्लेखित अर्को भिसा पनि जारी भएको छ । जसमा कामको प्रकृति ‘डोमेस्टिक वर्कर’ भनिएको छ ।

    बाह्रदशी गाउँपालिका– ५, झापाकी वीरमाया लिम्बूको नाममा पनि दुईवटै भिसा जारी भएको छ । जसमध्ये स्टेट अफ कुवेतबाट जारी भिसामा कामको प्रकृति ‘क्लिनर’ भनिएको छ । तर, कुवेती आन्तरिक मामिला मन्त्रालय (मिनिस्ट्री अफ इन्टेरियर) अन्तर्गत ‘जेनरल डिपार्टमेन्ट अफ रेसिडेन्सी अफेयर्स’बाट जारी भिसामा भने ‘डोमेस्टिक वर्कर’ भनिएको छ ।

    त्यस्तै, झापा नगरपालिका– २, सुदकबारीकी डोल्मादेवी राजवंशी, झापाकै बिर्तामोड नगरपालिका– ६, चारपानेकी मनिता मुर्मू, सुनसरीको धरान उपमहानगरपालिका– ५ की निता खड्का, दोलखाकी दिव्य थोकर, पर्साको ठोरी गाउँपालिका– ४ की आशा श्रेष्ठ र पाँचथरको तुम्वेवा– १ की सिर्जना तामाङको नाममा पनि दुईवटै भिसा जारी भएको छ । स्टेट अफ कुवेतबाट जारी भिसामा कामको प्रकृति क्लिनर, हेयरड्रेसर, भेन्डरलगायत उल्लेख छ । कुवेतस्थित नेपाली दुतावासले गरेको श्रम स्वीकृति र उडान अनुमतिको सिफारिसपत्रमा श्रम सहचारी हेमकुमार अधिकारीकै हस्ताक्षर छ । तर, कुवेती अन्तरिक मामिला मन्त्रालय (मिनिस्ट्री अफ इन्टेरियर) अन्तर्गत ‘जेनरल डिपार्टमेन्ट अफ रेसिडेन्सी अफेयर्स’बाट जारी भिसामा भने कामको प्रकृति ‘डोमेस्टिक वर्कर’ नै भनिएको छ ।

    वैदेशिक रोजगार कार्यालय ताहाचलका प्रवक्ता मेघनाथ रिमालले कुवेतलगायत खाडी मुलुकमा घरेलु कामदार रूपमा पठाउने कार्य गैरकानुनी रहेको, तर त्यस्ता गतिविधि अझै पनि हुने गरेको देखाएको स्वीकार गरे । उनले भने, ‘कुवेतलगायत खाडी मुलुकमा डोमेस्टिक वर्करका रूपमा नेपाली कामदार पठाउने कार्य प्रतिबन्ध छ । कसैले पठाए त्यो गैरकानुनी ठहर्छ । तर, कागजात हेर्दा अझै पनि त्यस्ता गतिविधि भइरहेको देखियो । यस्तो कसरी हुन पुग्यो ? हामी अचम्मित भएका छौँ । यस विषयमा हामी आन्तरिक अध्ययन गर्छौँ ।’

    कार्यालयका प्रवक्ता रिमालले भने, ‘कामदार जान चाहने मुलुकस्थित दूतावासले श्रम स्वीकृतिको सिफारिस गर्छ । त्यसैका आधारमा हामीले श्रम स्वीकृति दिने हो । यि व्यक्तिहरूको हकमा पनि त्यही भएको हो । यदि त्यसमा कैफियत भएको हो भने कुवेतस्थित दूतावासले जान्ने कुरा हो । किनकि दूतावासले सिफारिस गरेपछि हामीले श्रम स्वीकृति दिनैपर्छ । कागजात हेर्दा पनि उतैबाट कैफियत भएको हो कि जस्तो देखिन्छ । यस विषयमा अध्ययन गर्न हामीले पटक–पटक सम्बन्धित निकायलाई भन्यौँ, तर सुनुवाइ भएको छैन ।’

    व्यक्तिगत श्रम स्वीकृतिका लागि सिफारिस गरिएको छैन : दुतावास

    कुवेतस्थित नेपाली दूतावासकै संलग्नतामा घरेलु कामदारका रूपमा व्यक्तिगत श्रम स्वीकृतिका लागि सिफारिस गरिएको आशंका गरिएको छ । तर, दूतावासले त्यसलाई अस्वीकार गरेको छ ।

    राजदूत घनश्याम लम्सालको अनुरोधमा केही युवतीको दुईथरी भिसालगायत डकुमेन्ट उपलब्ध गराइदिएपछि दूतावासका सूचना अधिकारी प्रेमराज गौतमले त्यस्तो सिफारिसपत्र जारी नभएको जवाफ फर्काएका छन् । उनले इमेलमार्फत पठाएको जवाफमा पर्साकी आशा श्रेष्ठ (राहदानी नम्बर १०९०४०४०) र मोरङकी आरतीकुमारी ऋषिदेव (राहदानी नम्बर १०६८७५८) को सिफारिस नभएको जनाएका छन् ।

    ‘कुवेतमा घरेलु मजदुरका रूपमा नेपाली मजदुर जान पाउँदैनन् । हामीकहाँ उपलब्ध कागजातमा आशा श्रेष्ठ, पर्सा (राहदानी नम्बर १०९०४०४०), आरतीकुमारी ऋषिदेव, मोरङ (राहदानी नम्बर १०६८७५८) को व्यक्तिगत श्रम स्वीकृति भिसा नम्बर १८/१७ मा कुवेतको कम्पनीमा काम गर्न आउने कामदारको सिफारिसपत्र यस दूतावासबाट जारी नगरिएको व्यहोरा अनुरोध छ,’ उनले जवाफ पठाएका छन् । – टेकराज थामी/नयाँ पत्रिका

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ४ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ४ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ५ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.