Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Sunday, April 26
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»विश्व»रुसी सेनामा रहेका तीन नेपालीको मृत्यु, दुई सातापछि घटना सार्वजनिक, थप तीन जनाको मृत्‍यु भएको भन्दै परिवार सम्पर्कमा
    विश्व

    रुसी सेनामा रहेका तीन नेपालीको मृत्यु, दुई सातापछि घटना सार्वजनिक, थप तीन जनाको मृत्‍यु भएको भन्दै परिवार सम्पर्कमा

    हालखबर अनलाइनBy हालखबर अनलाइन२ वर्ष अगाडि3 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमान्डौ ।रुसी सेनामा कार्यरत तीन नेपालीको मृत्यु भएको छ । २९ कात्तिक (तिहारको भाइटीकाको दिन)मा मृत्यु भएकोमा दुई सातापछि घटना सार्वजनिक भएको हो ।

    मृत्यु भएको दुई सातापछि रुसी सेनाको हवाला दिँदै मस्कोस्थित नेपाली राजदूतावासले परराष्ट्र मन्त्रालयमार्फत परिवारजनलाई जानकारी दिएको छ । दूतावासले परराष्ट्र मन्त्रालयको कन्सुलर विभागलाई भने ८ मंसिरमै चिठी पठाएर जानकारी गराएको थियो । दूतावासका द्वितीय सचिव सुशील घिमिरेले विभागमा पठाएको विवरणमा स्याङ्जाको पुतलीबजार नगरपालिका– ५ ठूलास्वाँराका पीतम कार्की (पासपोर्ट नम्बर बिएओ १५०३२०), दोलखाको मेलुङ गाउँपालिका– ६ सुनारपानीटोलका राजकुमार रोका (पासपोर्ट नम्बर बिएओ २५४३०१) र इलामको इलाम नगरपालिका– ५ का गंगाराज मोक्तान (पासपोर्ट नम्बर ०९२००७५१) को मृत्यु भएको उल्लेख छ । कार्की विगतमा नेपाली सेनामा र रोका सशस्त्र प्रहरीमा कार्यरत रहेको परिवारजनले परराष्ट्र मन्त्रालयमा जानकारी दिएका छन् । नेपाली दूतावासले उनीहरूको मृत्यु कुन अवस्थामा भएको भन्ने खुलाएको छैन ।

    १२ फागुन ०७८ मा रुसले युक्रेनमाथि हमला गरेपछि द्वन्द्व जारी रहेकै बखत गत १६ साउनमा परराष्ट्र मन्त्रालयले सार्वजनिक सूचना प्रकाशित गरी रुसी सेनामा भर्ती नहुन आफ्ना नागरिकलाई आह्वान गरेको थियो । त्यसको चार महिनामै नेपालीको मृत्युको खबर आएको छ । रुसी सेनाले टेलिग्राममार्फत तीनजना नेपालीको मेडिकल डेथ सर्टिफिकेट उपलब्ध गराएको दूतावासको चिठीमा उल्लेख छ ।

    परराष्ट्रमन्त्री एनपी साउदले घटनाबारे नेपालस्थित रुसी दूतावास र रुसस्थित नेपाली दूतावासबाट सूचना प्राप्त गर्ने क्रममा रहेको बताए । ‘विस्तृतमा सूचना संकलन भइसकेपछि परराष्ट्र मन्त्रालयले सार्वजनिक गर्नेछ,’ साउदले भने, ‘हामी घटनाका सम्बन्धमा सम्बन्धित निकायबाट विवरण संकलन गर्ने क्रममा छौँ ।’

    नेपाली दूतावासले चलानी नम्बर १०२ रहेको पत्रमा परराष्ट्रको अमेरिका–युरोप महाशाखालाई बोधार्थ दिएको छ । कन्सुलर विभागलाई पठाएको पत्रमा दूतावासले शव व्यवस्थापनका लागि परिवारजनसँग समन्वय गर्न कन्सुलरलाई अनुरोध गरेको छ । परराष्ट्र मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत तीनजनाको परिवारजनसँग सम्पर्क स्थापित गरिसकेको छ । परराष्ट्र अधिकारीका अनुसार मृतकका परिवारजन आइतबार र सोमबार परराष्ट्र मन्त्रालयमा आएका थिए । उनीहरूले यथाशीघ्र शव स्वदेश ल्याउने प्रयास गरिदिन परराष्ट्र अधिकारीहरूलाई आग्रह गरेका छन् ।

    ‘तीनजनाको मृत्यु भएको आधिकारिक जानकारी आएको छ । तर, थप दुई–तीनजना नेपालीको पनि मृत्यु भएको भनेर परिवार आएका छन् । मस्कोस्थित दूतावासबाट पुष्टि गर्ने क्रममा छौँ,’ परराष्ट्रका एक अधिकारीले भने ।

    रुसको हमलापछि युक्रेनमा बसेका सबैजसो नेपाली एक महिनाभित्रै बाहिरिएका थिए । त्यसयता रुस र युक्रेनबीचको लडाइँ रोकिएको छैन । हालसम्म रुस र युक्रेनका पाँच लाखभन्दा बढी सैनिक युद्धका क्रममा मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । संयुक्त राष्ट्रसंघको मानव अधिकार उच्चायुक्तको कार्यालयका अनुसार हालसम्म करिब १० हजार सर्वसाधारण युद्धमा मारिएका छन् ।

    परराष्ट्र मन्त्रालयले १६ साउनमा सार्वजनिक सूचना प्रकाशित गरी रुसी सेनामा भर्ती नहुन आह्वान गरेको थियो । ‘परम्परागत रूपमा सम्झौताअन्तर्गत केही मित्रराष्ट्रहरूको राष्ट्रिय सेनामा नेपाली नागरिकहरू भर्ना हुँदै आएकोबाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिनेसम्बन्धी नेपाल सरकारको नीति नरहेको जानकारी गराइन्छ,’ परराष्ट्रले विज्ञप्तिमा भनेको थियो, ‘कसैको प्रलोभनमा परी वा गलत सूचनाका आधारमा युद्धग्रस्त मुलुकहरूमा सुरक्षासम्बन्धी काममा नजानुहुन सबैमा अनुरोध गरिन्छ ।’ रुसी सेनामा नेपाली भर्ती हुँदै आएको विवरण बिबिसी, न्युयोर्क टाइम्सलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रकाशित गरेपछि सरकारले सचेत गराएको थियो । साथै, सरकारले रुसी सेनामा नेपाली नरहेको जवाफ पनि दिँदै आएको थियो । अनौपचारिक स्रोतहरूबाट प्राप्त सूचनाअनुसार रुसी सेनामा करिब दुई सय नेपाली भर्ती भएको परराष्ट्रका अधिकारीहरू बताउँछन् ।

    रुसले विदेशी नागरिकलाई सेनामा भर्ती गराउन गत वर्ष कानुन नै संशोधन गरेको थियो । गत वर्ष २० सेप्टेम्बरमा रुसको संसद्ले पारित गरेको कानुनमा रुसी सेनामा भर्ती हुने विदेशी नागरिकलाई नागरिकता दिने उल्लेख छ । रुसी संसद् डुमाको वेबसाइटअनुसार कानुनमा भनिएको छ, ‘रुसी सशस्त्र बल, सेना वा सैन्य संरचनाअन्तर्गत सेवामा कम्तीमा एक वर्षका लागि भर्ती सम्झौतामा हस्ताक्षर गर्ने विदेशी नागरिकले आवास अनुमतिविना पनि सरल प्रक्रियाअन्तर्गत रुसको नागरिकता प्राप्त गर्न सक्षम हुनेछन् ।’

    विद्यमान कानुनअनुसार विदेशी नागरिकले सेनामा कम्तीमा तीन वर्ष करारमा काम गर्नुपर्ने प्रावधान राखिएको डुमाको वेबसाइटमा उल्लेख छ । ‘यस अतिरिक्त कानुनमा गरिएको संशोधनले सिपाही, सार्जेन्ट र सार्जेन्ट मेजरको श्रेणीमा सैनिक सेवामा प्रवेश गर्ने विदेशी नागरिकसँग पहिलो सेवा सम्झौता सम्पन्न भएको अवधिलाई पाँच वर्षबाट घटाएर एक वर्ष गर्ने प्रस्ताव गरेको छ,’ डुमाले पारित गरेको कानुनमा भनिएको छ । यही कानुनअनुसार रुसी सेनामा विदेशी नागरिकको भर्ती हुँदै आएका छन ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.