आबुधावी । विश्व साइकल यात्री शुभ प्रसाद शर्मा युएई आई पुगेका छन । ‘विश्व जलवायु परिवर्तन र सेभ द’ अर्थको नारा लिएर विश्व यात्रामा निस्किएका शर्मा १६ वटा देश पुगेर युएईको आबुधावी आएका हुन ।

सम्योगबस दुबईमा संयुक्त राष्ट्रसंघकै नेत्रित्वमा युएईले आयोजना गरेको कोअप २८ ( विश्व जलवायु सम्मेलन ) हुँदै छ र विश्वका ५० भन्दा धेरै राष्ट्रप्रमुख हरु युएई आउँदै छन । शर्मा पनि सोही दिन कार्यक्रम आयोजना स्थल आफ्नो यात्राको नारा लिखित ब्यानर ‘सेभ द अर्थ’ बोकेर सहभागी हुनेछन । नेपाल राष्ट्रिय झन्डा सहित आफु पुगेका देशहरुमा वृक्षारोपण गर्ने र साइकल यात्रा गर्ने गरेका छन ।

शर्मा साउदी अरब हुँदै दुबई र दुबई हुँदै आबुधावी आईपुगेका उनी यहाँ बाट कतार र अरबका अन्य देश जाने तयारीमा छन । काठमान्डौका ५४ बर्षिय शर्मा यस् अघी नेपालका फूटबल खेलाडी पनि हुन ।

शर्मालाई दुबईमा एनआरएन तथा प्रवासी मन्च युएईले एक कार्यक्रम गरेर स्वागत तथा सम्मान गरेका थिए । दुबइ बाट दुई दिन लगाएर आबुधावी आइपुगेका शर्मालाई आबुधावीमा रहेको दुतावास बाहिर स्वागत तथा सम्मान गरिएको थियो ।

शर्मालाई आबुधावीमा सकृय सामाजिक ब्यक्तित्वहरुले स्वागत तथा सम्मान सहित ८ सय धिराम आर्थिक सहयोग गरेका थिए ।
शर्मालाई आबुधाविमा रहुन्जेल खान र बस्न समेत ब्यबस्था गरिएको छ । शर्मालाई आबुधावीमा रुन्चे गायक प्रकाश पौडेल, ब्यवसायी केशब कार्की, एनआरएन युएईका कोषाध्यक्ष सुमन पराजुली , केन्द्रिय सदस्य कमल लामा, प्रवासी मन्चका आबुधावी इन्चार्ज गोकुल कुइकेल , पत्रकार रुपेश अधिकारी, रामप्रसाद ढुङ्गेल र उमाकनत पाण्डेले स्वागत , सम्मान र सहयोग गरेका थिए ।
