दुबइ । सम्युक्त्त अरब एमिरेट्स युएईको दुबईमा हरेक बर्ष हुने ‘दुबई रन’ मा यस् पटक नेपाली समुदायबाट बाक्लो उपस्थिती भएको पाईएको छ ।
दुबइ फिटनेस च्यालेन्ज द्वारा द्वारा हरेक वर्ष आयोजना हुने ‘दुबइ रन’ मा हरेक बर्ष नेपाली समुदायको उपस्थिती रहदै आएपनि यस् पटकको उपस्थिती भने हालसम्मकै धेरै भएको पाइएको छ ।

दुबई शहरको प्रतिष्ठित सडक सेख जायद रोडमा आयोजना हुने सो दुबइ दौड प्रतियोगितामा सहभागी हुन धेरै जनाको चाहना हुन्छ ।
दुबईका राजकुमार शेख हम्दान बिन मोहम्मद स्वयम उपस्थिति रहेको उत्त दौडमा ५ किलोमिटर र १० किलोमिटरमा गरि सहभागि हुनेहरुको संख्या करिब २ लाख २६ हजार रहेको थियो । त्यो मध्ये अत्यधिक रुपमा नेपालीको सहभागीता रहेको प्रतियोगितामा सहभागी नेपालीले बताए ।

प्रतियोगितामा धेरै नेपालीहरुले आफु आबद्द सस्थाको जर्सी लगाएर उपस्थित भएका थिए । जसमध्ये नुवाकोट जिल्लालाई प्रतिनिधित्व गर्ने नुवाकोट सेवा समाज पनि अग्रपङ्तीमा देखिएको थियो । सन् २०१९ मा स्थापना भएर बिभिन्न समाजिक कामहरु गर्दै आएको नुवाकोट समाजले यस् पटक संस्थागत उपस्थिति जनाएको अध्यक्ष नबिन कार्कीले जनाए ।
सामाजिक सन्जाल मार्फत नेपाली समुदायलाई स्वस्थ्य रहन उत्प्रेरणा दिने सामाजिक अभियान्ता नवराज पाण्डे ( फुले बुढा) ले सारजाह बाट दुबइ सम्म दौडीएर प्रतियोगितामा सहभागी भएका थिए ।
