काठमान्डौ । कलाकार तथा रङ्ग पत्रकार प्रकाश ढकाल मृत फेला परेका छन्। धादिङको बेनिघाट-रोराङ गाउँपालिका वडा नम्बर ७ कृष्णभिरमा ढकालको शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार ढकालको शव आइतबार साँझ ५ बजेतिर फेला परेको थियो। त्रिशूली नदी किनारको खोचमा ढकालको शव फेला परेको हो।
ढकाल स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर ७ का हुन् । उनी काठमाडौं बस्ने गर्दथे । स्याङ्जाबाट गत शुक्रबार काठमाडौंतर्फ हिंडेका ढकाल संम्पर्क विहिन भएका थिए । परिवार तथा साथीभाइ सँग संपर्क बिहिन भएका ढकालको खोजीका लागी प्रहरिको सहयोगमा साथीभाइ , लोकदोहोरी गीत प्रतिस्ठान, तथा पत्रकार महासंघ लागि परेका थिए ।
त्रिशूलीमा र्याफ्टिङ गर्नेहरूले खोचमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। खोचबाट शव सोमबार बाहिर निकालिएको थियो।
‘शवको सनाखत गरियो, परिवारका सदस्यहरू पनि आइसक्नुभएको छ। घटना कसरी घट्यो भन्नेबारे अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘मोबाइल साथैमा रहेछ, निदारमा चोट देखिन्छ।’
ढकाल लामो समय बैदेशिक रोजगारीमा दुबई बसेर दुई बर्ष पहिले नेपाल फर्किएका थिए ।ढकालले आधा दर्जन गीत लेखेका छन भने केही संचारमाध्यमहरुमा आबद्द थिए । काठमाण्डौमा बसेर बैदेशिक रोजगारी सँग सम्बन्धित काम, लोकदोहोरी तथा पत्रकारिता क्षेत्रमा आबद्द उनको मृत्युलाई परिवार तथा आफन्तले हत्या भएको हुन सक्ने शकांको रुपमा लिएका छन ।
मृतक ढकालको शब पोस्टमार्टमका लागि शिक्षण अस्पातल काठमाण्डौ लगिएको छ ।