आबुधावी । प्रवासी नेपाली मन्च युएईले भूकम्पपीडितलाई ३ लाख रुपैया सहयोग गरेको छ । युएईमा रहेको प्रवासी मन्चले झन्डै एक साता सम्म अभियान चलाएर सन्कलन गरेको ३ लाख नेपाली रुपैया सस्थाका नेपाल प्रतिनिधिलाई पठाएर स्थानीय जनप्रतिनिधीको रोहबरमा राहत सामाग्री वितरण गर्ने भएको छ ।
मन्चको आकस्मिक बैठकले युएईमा रहेका मञ्चका राष्ट्रिय कमिटीमा आबद्द तथा सहयोगी ईच्छुकहरु बाट सन्कलित रकम नेपाल पठाईसकेको मन्चका सचिव बाबुराम सापकोटाले जानकारी दिए ।
सहयोग सन्कलन गरी सक्दो छिट्टो भूकम्प पीडितहरुलाई दिइने निर्णय भए अनुसार सन्कलित रकम नेपाल पठाइसकेको र स्थानीय स्तरमा राहत सामाग्री वितरण गरिने मन्चका अध्यक्ष टक गुरुङले बताए ।
आपत विपत परेको बेला गरिने सहयोगको महत्व धेरै हुने र अघिपछिको सहयोग भन्दा आबश्यक परेको समयमा सहयोग गर्न पाउनु मन्चका लागि पनि अवसर भएको भन्दै युएईमा छोटो समयमा सक्दो सहयोग सन्कलन गरेर रकम नेपाल पठाउनेमा प्रवासी मन्च पहिलो भएको मन्चका राष्ट्रिय कमिटी सदस्य तथा आबुधावी कमिटी इन्चार्ज गोकुल कुईकेलले बताए ।
प्रवासी मन्च नेकपा एमालेको बिदेश स्थित भात्री संगठन हो । मन्चले सामाजिक सेवामा सकृय सहभागीता जनाउदै आएको छ ।