काठमाण्डौँ । जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुगेको छ । कर्णाली प्रदेश प्रहरीका अनुसार अहिलेसम्मको अद्यावधिक सूचना संकलन गर्दा ३६ जनाको मृत्यु छ भने ४६ बढी घाइते भएका छन् ।
मध्यराती गएको ६.४ म्याग्निच्युडको भुकम्पमा परी रुकुममा मात्र हालसम्म २८ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ ।
नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंह सहित जाजरकोटमा ठुलो संख्यामा जनघनको क्षति भएको विवरण आएको छ, प्रहरीले भनेको छ ।
शनिबार राती ३ः३० बजेसम्म संकलन गरिएको विवरणअनुसार सबैभन्दा ठूलो क्षति जाजरकोट र सिमाना जोडिएको रुकुम पश्चिममा भएको देखिन्छ ।
Facebook Comments Box
