काठमाण्डौँ । जाजरकोटमा गएराती गएको भुकम्पमा ठूलो मानवीय र भौतिक क्षति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले तीनवटै सुरक्षा निकायलाई उद्दार र राहतमा सक्रिय रुपमा जुट्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री दाहालले घाइतेहरुको तत्काल राहत र उद्धारका लागि सबै संयन्त्रहरुलाई सक्रिय काम गर्न भनेका छन् । रातीको घटना भएकाले धेरै क्षति भएको हुनसक्न आंकलन छ । अहिलेसम्म भूकम्पमा परि नलगाढ नगरपालिकाकी उपप्रमुख सहित २५ जनाको मृत्यु भएको छ भने ४० बढी घाइते भएका छन् ।
घाइतेहको तत्काल उद्धारका लागि सुरक्षाका तीनवटै निकाय परिचालन भएका छन् । घाइतेहरूको उद्धारका लागि शनिबार बिहानै औषधि, स्वास्थ्यकर्मी र हेलिकप्टर पठाउने तयारी भैरहेको हेलो सरकारले जानकारी दिएको छ ।
प्रधानमन्त्री दाहालले सामाजीक संजालमार्फत घटनाप्रति दु ःख व्यक्त गरेका छन् । भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुख व्यक्त गर्दै घाइतेहरुको तत्काल उद्धार र राहतका लागि ३ वटै सुरक्षा निकायलाई परिचालित गरिएको प्रधानमन्त्रीको समाजिक सञ्जालमा उल्लेख छ ।
