काठमाण्डौं । भुकम्पमा परी जाजरकोट र रुकुममा २५ जनाको मृत्यु भएको छ ।
कर्णाली प्रदेश प्रहरीका अनुसार अहिलेसम्मको अद्यावधिक सूचना संकलन गर्दा २५ जनाभन्दा बढीको मृत्यु छ भने ४० बढी घाइते भएका छन् ।
घाइतेहरूको उपचारको लागि जिल्ला अस्पतालमा पु¥याइएको छ ।

भूकम्पले घरहरु भत्किएको थाहा हुनासाथ उद्दारका लागि कर्णाली प्रदेश प्रहरी कार्यालयबाट ४० र २० गरी ६० जनाको उद्धार टोली परिचालन भएको छ ।
रातीको समय भएकाले थप विवरण संकलन गर्न कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । हालसम्मको सूचनामा जाजरकोट र रुकुममा नै ज्यादा क्षति पुगेको छ ।

यस्तै भुकम्पमा परी जाजरकोट नलगाढ नगरपालिकाकी उपप्रमुखको ज्यान गएको छ । भुकम्पमा परी ज्यान गुमाउनेमा उपप्रमुख सरिता सिंह रहेको कर्णाली प्रदेश प्रहरीले जनाएको छ । सिंहको सदरमुकामस्थित घरमै सुतिरहेको अवस्थामा भुकम्पमा परी जयान गएको हो ।
