बारा । स्थानीय बालएकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश सर्राफको हत्यामा संलग्न भएको अभियोगमा १० जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार हालसम्म पाँच जना भारतीय र पाँच जना नेपालीलाई पक्राउ गरिएको छ । प्रेम सम्बन्धका कारण सर्राफको हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
सरार्फसँग प्रेम सम्बन्ध रहेको भनिएकी एक युवतीलाई पनि हिरासतमा लिइएको प्रहरीले जनाएको छ। यसअघि पनि गत साउन २८ गते कलैयाको एक होटलमा सर्राफको हत्याको प्रयास गरिएको पक्राउ परेकाहरूले प्रहरी समक्ष बयान दिएको अनुन्धानमा खटिएका प्रहरीले जनाए । मृतक सर्राफका श्रीमती र दुई छोरा छन्।
Facebook Comments Box
