बारा । बारामा अज्ञात व्यक्तिको गोली लागेर शिक्षकको हत्या भएको छ । कलैया उपमहानगरपालिका–६ मा दिउँसो मोटरसाइकलमा आएको समूहले गोली चलाउँदा बाल एकता इंग्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकार (गुड्डु) को ज्यान गएको हो ।
उनलाई गोली लागेलगत्तै उपचारका लागि कलैया अस्पताल लगिएको थियो । तर, उपचार सम्भव नभएपछि फेरि बयोधा अस्पताल पु¥याइएको थियो ।
त्यहाँबाट पनि काठमाडौं रेफर गर्ने तयारी हुँदाहुँदै चिकित्सकहरुले मृत घोषित गरेको प्रहरीले जनाएको छ । उनको घाँटी र छातीमा चार राउण्ड गोली लागेको थियो ।
Facebook Comments Box
