Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ४ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ४ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि
    Facebook Twitter Instagram
    Monday, April 20
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»मध्यपूर्व गतिविधि»एनआरएन अप्डेट : आरके शर्माको नाम दोस्रो पेजमा राखिएको भन्दै धाँधलीको आरोप
    मध्यपूर्व गतिविधि

    एनआरएन अप्डेट : आरके शर्माको नाम दोस्रो पेजमा राखिएको भन्दै धाँधलीको आरोप

    हालखबर अनलाइनBy हालखबर अनलाइन३ वर्ष अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) निर्वाचनमा धाँधलीको प्रयास भएको आरोप लागेको छ । अध्यक्षका प्रत्यासी आरके शर्माको नाम विधुतीय भोटिङ सिस्टमको लिस्टमा राखिएको उम्मेदवारको सूचीमा गोलमाल भएपछि महाधिवेशन स्थल होटल सोल्टीमा तनावको अवस्था सिर्जना भएको छ ।

    उम्मेदवारले मत हाल्ने भोटिङ सिस्टमको सूचीमा अध्यक्षका तीन उम्मेदवारहरु बद्री केसी, रविना थापा र महेश श्रेष्ठको नाम भएपनि सो लहरमा आरके शर्माको नाम नराखी अर्को पेजमा मात्र पारिएपछि यो तनाव सिर्जना भएको हो । महेश श्रेष्ठलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएकी रविना थापाको नाम सूचीमा छ ।

    आरके शर्मा पक्षधरहरुले एकै लहरमा सवै चारजना उम्मेदवारहरुको नाम नराखेसम्म मतदान शुरु हुन नहुने अडान लिएका छन भने अहिलेको मितिसम्म पनि कार्यकारी अध्यक्ष नै रहेका बद्री केसी भने समय अभावका कारण यो सम्भव छैन भन्दै आरके समर्थक हरुलाई सम्झाउन खोजिरहेका छन । तर शर्माले भने आपूmलाई धाँधलीको आशंका रहेकाले यो बिषय नमिलेसम्म चुनाव हुन नसक्ने बताए ।

    उनले भने, ‘चारजना उम्मेदवारमा तीन जनाको मात्र नाम देखियो, यसरी स्वच्छ चुनाव हुन सक्दैन । यो प्राविधिक कुरा मिलाएर मात्र चुनाव गराउनुपर्छ भन्ने अडान मेरो हो ।’ आरके पक्षधरहरुले आपूmहरुको पक्षमा मतदाता (डेलिगेट्स) को स्पष्ट बहुमत देखेपछि अहिलेको अवस्था सिर्जना गरिएको आरोप पनि लगाए ।

    केही हदसम्म उक्त आरोप पुष्टि हुने प्रशस्त आधारहरु पनि देखिन गएको छ । आरकेलाई मध्यपूर्वका सम्पूर्ण श्रमिक मतदातादेखि विश्वभरका कांग्रेसका बहुमत र अरु दलहरुको समर्थन रहेको बताइएको छ ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ४ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ४ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ५ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.