Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Sunday, April 26
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»मेन स्टोरी»कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै
    मेन स्टोरी

    कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

    हालखबर अनलाइनBy हालखबर अनलाइन३ वर्ष अगाडि1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाण्डौ – कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिने भएका छन । प्रदेश सभाको बिहान ११ बजेपछि बस्ने बैठकमा उनले विश्वासको मत लिने कार्यसूची छ ।

    गएको शनिवार प्रदेश सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले तत्काल विश्वासको मत लिन लागेका हुन ।

    राप्रपा र उपसभामुखबाहेक सबै दलका ९३ सदस्यीय प्रदेश सभामा ८६ सांसदले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिन लागेका छन् ।

    कांग्रेस, एमालेसहित माओवादी, एकीकृत समाजवादी लगायतका दलले पनि कार्कीलाई विश्वासको मत दिने बताएका छन् । राप्रपाले यसअघि नै तटस्थ बस्ने निर्णय गरेको थियो । कांग्रेसबाट विद्रोह गरेका आठ तथा एमालेका ३९ प्रदेश सांसदको समर्थनमा उनी मुख्यमन्त्री भएका हुन ।

    गएको आइतवार शपथ लिएका कार्कीले एमाले तथा कांग्रेसबाट एक, एकजना गरी विनाविभागीय मन्त्रीसमेत नियुक्त गरि सकेका छन ।

    कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कांग्रेस नेता शेखर कोइरालाबीच सत्ता गठबन्धनलाई अझै बलियो बनाउने सहमति भएको थियो ।

    तर आइतवार मन्त्रिपरिषद् विस्तार गर्दा मुख्यमन्त्री कार्कीले एमालेका नेतालाई पनि मन्त्रिपरिषदमा सहभागी गराएपछि गठबन्धन दलभित्र असन्तुष्टि छ ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.