इलाम । भारतमा १० जना नेपाली बेपत्ता भएका छन् । गत असोज १६ गतेदेखि इलामबाट भारत गएका उनीहरु सिक्किममा बेपत्ता भएको प्रारम्भिक जानकारी आएको हो । काम गर्न गएका उनीहरु असोज १७ गते टिस्टा नदीमा आएको बाढीपछि बेपत्ता भएको जनाएको छ ।
स्थानीय विक्रमबाबु फियाकका अनुसार टिष्टामा आएको बाढीपछि उनीहरु आफन्तसँग सम्पर्कविहीन भएका हुन् । उनीहरुको खोजीका लागि परिवारले सरकारसँग आग्रह गरेको छ । बेपत्ता हुनेहरुमा इलाम नगरपालिका–९ का सानु भनिने सेनबहादुर कार्की, लाक्पा शेर्पा, नरमाया बस्नेत, खुशी बस्नेत, कुमार बस्नेत लगायत रहेको इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए ।
कार्की र शेर्पा बेपत्ता भएको विषयमा प्रशासनलाई यसअघि नै जानकारी भएपनि बस्नेतलगायत अन्यको विषयमा थाहा नभएको उनको भनाई छ । बाढीका कारण त्यस स्थानमा पुग्न नसक्ने, टेलिफोन, विद्युत् सबै अवरुद्ध भएकाले सम्पर्क स्थापित गर्न कठिनाइ भएको छ ।
नेपालका तर्फबाट प्रमुख जिल्ला अधिकारीले त्यहाँका सुरक्षाकमीसँग कुराकानी गरिरहेको र उद्धारमा भारतीय पक्षसमेत लागेको जनाइएको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Facebook Comments Box
