Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Saturday, April 25
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»मध्यपूर्व गतिविधि»यूएई»यूएईका सबै संघसस्थासँग हातेमालो गर्दै नेपाली दुतावासलाई साझां घर बनाउछौं :राजदुत क्षेत्री
    यूएई

    यूएईका सबै संघसस्थासँग हातेमालो गर्दै नेपाली दुतावासलाई साझां घर बनाउछौं :राजदुत क्षेत्री

    उमाकान्त पाण्डेBy उमाकान्त पाण्डे३ वर्ष अगाडि3 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    आबुधाबी । युएईका लागि नवनियुक्त नेपाली राजदुत तेजबहादुर क्षेत्रीले यहाँ रहेका संघसस्था तथा नेपाली समुदाय सँग सहकार्य गर्दै नेपाली दुतावास आबुधावीलाई सबैको साझां घर बनाउने प्रतिबद्दता ब्यक्त गरेका छन ।

    कार्यक्रममा नेपाली समुदायलाई सम्बोधन गर्दै युएईकालागि नव नियुक्त राजदुत तेजबहादुर क्षेत्री

    चौथो पूर्ण राजदुतका रूपमा अघिल्लो साता मात्रै युएई आएका क्षेत्रीले यहाँ रहेका नेपाली संघसंस्थाका प्रतिनिधिहरुसँगको अन्तरकृया कार्यक्रममा बोल्दै दुतावासलाई सबै नेपाली श्रमिकले अपनत्व गर्ने साझा घर बनाउने प्रतिबद्धता गरेका हुन्।

    दुतावासले आफ्नै सभाहलमा आयोजना गरेको अन्तरकृया कार्यक्रममा युएईमा सकृय नेपाली राजनीतिक दलका प्रवास भात्री संगठन , एनआरएनए, पत्रकार महासंघ,लगायत संघसंस्थाका प्रतिनिधिहरु र नेपाली समुदायका अगुवाहरु सहभागी थिए।

    कार्यक्रममा आफ्नो भनाइ राख्दै सामाजिक अगुवा चन्द्र प्रसाद सापकोटा

    कार्यक्रममा सहभागीहरुले दुतावास पहिले भन्दा सुधारउन्मुख हुँदै गएको र थप सुधारका काम मिलेर गर्न सकिनेबारे राजदुत क्षेत्रीको ध्यानाकर्षण गराएका थिए । यस् अघी फूलमाला तथा खादा दोसल्ला ओढाएर स्वागत भएका राजदुतहरु फर्किने बेला भागेर सुटुक्क जानुपर्ने अवस्था आएको प्रती ईङ्गित गर्दै कतिपयले त्यस तर्फ नव नियुक्त राजदुत क्षेत्रीलाई सुझाव दिएका थिए ।

    कार्यक्रममा आफ्नो भनाइ राख्दै पत्रकार महासंघ युएई शाखाका अध्यक्ष मेघराज सापकोटा

    दुतावासका सेवा प्रवाहमा कर्मचारी अभावका कारण समस्या भए एनआरएन युएईले आफ्नै खर्चमा स्थानीय एक कर्मचारी निशुल्क सेवामा खटाउन पनि तयार रहेको र त्यसका लागी दुतावासलाई समन्वयब गर्न एनआरएन युएईका अध्यक्ष बिकास शाहीले आग्रह गरेका थिए ।

    कार्यक्रममा आफ्नो भनाइ राख्दै एनआरएन युएईका अध्यक्ष बिकास शाही

    ग्लोबल एनआरएन युएई तदर्थ समितिका सम्योजक पासाङ शेर्पाले यस् अघिका राजदुत कृष्णप्रसाद ढकालले लेखेकै भरमा पत्रकारलाई जेल हाल्ने, भिडियो बनाएकै भरमा नेपाली नागरिकलाई यहाँका नीकायमा उजुरी गर्ने र जेल सम्म पुराइ डिपोर्ट गर्ने जस्ता काम गरेको स्मरण गराउदै आगामी कार्यकालमा राजदुतलाई त्यस्तो नगर्न अनुरोध गरेका थिए ।

    कार्यक्रममा नेपाली जनसम्पर्क समितिका मनोज कुमार सैजु, प्रवासी मन्च युएईका बाबुराम सापकोटा, जनप्रगतिशिल मञ्चका बाबुराम विश्वकर्मा,प्रवासी नेपाली एकता समाज (पानस) निराजन खत्री, एनआरएनएका विकास शाही,रमेश श्रेष्ठ, पासाङ शेर्पा, मोनिका नगरकोटी, पत्रकार महासंघ युएई शाखाका मेघराज सापकोटा, नेपाली समाजका सस्थापक अध्यक्ष चन्द्रप्रसाद सापकोटा, लगायतले नेपाली श्रमिकका विभिन्न विषयमा राजदुत क्षेत्रीलाई अवगत गराएका थिए।

    कार्यक्रममा सहभागीहरु

    उपस्थित प्रतिनिधिका कुरा सुनेपछी बोल्दै राजदुत क्षेत्रीले दुतावासलाई सेवामैत्री, पहुँचयोग्य, सहज र चुस्तदुरुस्त बनाउन सबैसंग समन्वय गरी अघी बढ्ने बताए। उनले समृद्ध नेपाल निर्माणका लागि द्विपक्षीय व्यापार, वैदेशिक लगानी जस्ता विषयमा समेत काम गर्ने बताए।

    कार्यक्रममामा सहभागीहरुले भिजिट भिजामा आएर अलपत्र हुनेहरुको संख्या बढेकोप्रती चिन्ता व्यक्त गर्दै दूतावासले उक्त समस्या समाधानका लागि पहल गर्नुपर्ने र दुबईमा श्रम काउन्सिलर खोल्न माग समेत गरेका थिए ।

    कार्यक्रममा बोल्दै प्रवासी मन्च युएईका बाबुराम सापकोटा

    दुतावासका नियोग उपप्रमुख प्रमुख विशाल भट्टराईले सहजीकरण गरेको कार्यक्रममा श्रम काउन्सिलर दिनबन्धु सुवेदीले समेत सम्बोधन गरेका थिए । पछील्लो समय दुतावसले गरेका धेरैजसो गतिबिधिमा यहाँका संघसस्थाको सहयोग, भूमिका सकारात्मक भएको भन्दै शब ब्यबस्थापनको बिषयमा संसारभरमा रहेका नेपाली दुतावासहरुको दाजोमा युएई पहिलो नम्बरमा रहेको सुवेदीको भनाइ थियो ।

    कार्यक्रममा बोल्दै सहभागी मोनिका नगरकोटी

    युएईमा नीकट भविश्यमा कोअप २८ हुने भएकाले प्रधानमन्त्री स्तरको भ्रमण तथा दुबइ एयर-शो कार्यक्रममा रक्षामन्त्रीको उपस्थिती रहने सम्भावना भएकाले आगामी दिनमा थप ठुला कार्यक्रम मार्फत नेपाली श्रमिक तथा यहाँ सकृय नेपाली समुदाय सँग थप अन्तरकृया गर्ने दुतावासले जनाएको छ ।

    कार्यक्रमपछि सामुहिक तस्विर लीदै
    फोटो सौजन्य : नेपाली दुतावास आबुधावी (युएई) र उमाकान्त पाण्डे ( हालखबर अन्लाईन )
    Facebook Comments Box

    Author

    • उमाकान्त पाण्डे
      उमाकान्त पाण्डे

      अर्घाखाँची स्थायी घर भएका पाण्डे डेढ दशकयता यूएईमा बसेर पत्रकारिता गर्दै आएका छन् । बैदेशिक रोजगार, श्रम र श्रमिकका बिषयमा कलम चलाउने पाण्डेसँग विभिन्न रेडियो, पत्रिका तथा अनलाइनमा काम गरेको अनुभव छ ।

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.