Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ४ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ४ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि
    Facebook Twitter Instagram
    Monday, April 20
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»मेन स्टोरी»इजरायलमा भएको आक्रमणमा नौ जना नेपाली घाइते, दुई जनाको अवस्था गम्भीर
    मेन स्टोरी

    इजरायलमा भएको आक्रमणमा नौ जना नेपाली घाइते, दुई जनाको अवस्था गम्भीर

    उमाकान्त पाण्डेBy उमाकान्त पाण्डे३ वर्ष अगाडि3 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    प्यालेस्टिनी हमला र त्यसको प्रतिउत्तरमा इजरायलले गरिरहेको कारबाहीका क्रममा गाजा क्षेत्र नजिकै रहेका केही नेपाली नागरिकसमेत घाइते भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। शनिवार बिहानैदेखि इजरेल र प्यालेस्टिनी लडाकु समूह हमासबीच लडाइँ जारी छ। सुरुमा हमासले इजरायलमाथि सयौँ रकेटहरू प्रहार गरेपछि उक्त लडाइँ सुरु भएको हो।

    त्यस क्रममा हालसम्म ७० जना इजरायली र १९८ जना प्यालेस्टिनीहरू मारिएको खबर आएको छ। त्यस्तै ७०० भन्दा बढी इजरायलीहरू घाइते भएको विवरण छ।

    इजरायलस्थित नेपाली दूतावासले “केही नेपालीहरू घाइते भएको खबर आएको र त्यसबारे थप जानकारी सङ्कलन भइरहेको” बताएको छ।

    शनिवार साँझ एउटा वक्तव्य जारी गर्दै परराष्ट्र मन्त्रालयले १४ जना नेपालीहरू कार्यरत रहेको कृषि फर्म पनि आक्रमणमा परेको जनाएको छ। मन्त्रालयका अनुसार आक्रमणमा परेर ९ जना नेपालीहरू घाइते भएका छन् त्यसमध्ये दुई जनाको अवस्था गम्भीर छ।

    तेल अभिभमा रहेको नेपाली दूतावास आक्रमणमा परेका क्षेत्रमा बसोबास गर्ने नेपालीहरूसँग नजिकको सम्पर्कमा रहेको बताइएको मन्त्रालयले जनाएको।

    “घाइतेहरूको औषधोपचार, उद्धार र सुरक्षाका लागि नेपाली दूतावासले इजरायली अधिकारीहरूसँग सम्पर्क र समन्वय गरिरहेको छ,” मन्त्रालयले वक्तव्यमा भनेको छ।

    सरकारले इजरायल रहेका नेपालीहरूलाई सजग रहन र प्रशासनबाट प्राप्त सुरक्षा सावधानीहरूअपनाउन भनेको छ।इजरायलमा नेपालीहरू घाइते भएको विवरण आएपछि परराष्ट्रमन्त्री एनपी साउदले शनिवार मन्त्रालयका उच्च अधिकारीसँग छलफल गरी आवश्यक प्रबन्ध मिलाउन निर्देशन दिएका थिए।

    मन्त्रालयले वक्तव्यमा इजरायलमा भएको हमलाको निन्दा पनि गरेको छ।

    सुरक्षाका लागि बङ्करमा

    इजरायलस्थित नेपाली दूतावासका उपनियोग प्रमुख तथा प्रवक्ता अर्जुन घिमिरेले “नेपालीहरू कार्यरत एउटा कृषि फर्ममा पनि आक्रमण भएको र त्यस क्रममा नौ जना नेपाली घाइते भएको” पुष्टि गरेका छन ।

    कतिपय सञ्चारमाध्यमले केही नेपालीलाई हमासले बन्धक बनाएको पनि लेखेका थिए। यधपी त्यसबारे दुतावासलाई अधिकारिक जानकारी नभएको दुतावासको भनाइ छ ।


    यद्यपि गैर आवासीय नेपाली सङ्घ इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारीले “बन्धक कोही पनि नभएको बताए।

    उनले भने, “त्यो फर्म रहेको क्षेत्र अहिले पनि तनावग्रस्त भएकाले इजरायली सेनाले फोन उठाउन पनि दिएको छैन त्यसैले कसैसँग पनि राम्ररी कुरा हुन सकिरहेको छैन। तर धेरै साथीहरू बङ्करमा सुरक्षित रूपमा बस्नु भएको छ भनेर त्यहाँबाट मेरो सम्पर्कमा आएका चार जना साथीहरूले भन्नुभएको थियो।”

    केही समस्या परे दुतावासमा सम्पर्क गर्नुहोस् । हमासको आक्रमणका क्रममा तत्काल धेरै नेपालीहरुलाई ट्रमा वा कुनै खालको स्वास्थ्य समस्या उत्पन्न भएको हुन सक्छ । कति त घाइते पनि हुन सक्छन् । हामीले दुतावासको सम्पर्क नम्बर फेसबुकमा राखिदिएका छौं ।

    सम्पर्कका लागि :
    १. अर्जुन घिमिरे, प्रथम सचिव – ०५२८२८९३००
    २.संजयकुमार साह, सहचारी – ०५४-५५८२०७

    उनले हालै इजरेल आएका नेपालीहरू बसेको स्थानमा हमला भएकाले उनीहरू आत्तिएको तर स्थानीय सुरक्षाकर्मीको निर्देशन पालन गरेर बस्न आफूहरूले सुझाव दिएको पनि जानकारी दिए।

    हमलामा पर्ने नेपाली को हुन्?

    विभिन्न विवरणमा जनाइए अनुसार हमलामा पर्ने नेपालीहरू नेपाल र इजरायलबीच भएको सरकार-सरकारबीच (जीटुजी) सम्झौता अनुसार कृषि क्षेत्रमा अध्ययनसँगै काम गर्न गएका नेपालीहरू हुन्।
    भण्डारीका अनुसार अहिले त्यहाँ अहिले करिब आठ सय जति नेपाली नागरिकहरू कृषि क्षेत्रमा कार्यरत रहेको बुझिएको छ।

    नेपालबाट प्रशिक्षार्थी कामदारका रूपमा पनि कृषि क्षेत्रमा नेपाली नागरिकहरू जाने गरेका छन्। नेपाली कामदारहरू कार्यरत रहेको गाजा क्षेत्रको कृषि फर्ममा रकेट प्रहार हुँदा उनीहरू घाइते भएको बताइएको छ।

    गैर आवासीय नेपाली सङ्घका अध्यक्ष भण्डारीले दिएको जानकारी अनुसार इजरायलमा विभिन्न क्षेत्रमा काम गर्न गएका नेपालीहरूको सङ्ख्या करिब पाँच हजार रहेको छ।

    इजरायलमा रहेका नेपालीलाई दूतावासको आग्रह

    इजरायलस्थित नेपाली राजदूतावासले उक्त देशमा रहेका नेपालीहरूका लागि विशेष अपिल जारी गरेको छ।

    दूतावासले सामाजिक सञ्जालमार्फत नेपालीहरूलाई “सतर्क रहन र स्थानीय सुरक्षा निकायको निर्देशन पालन गर्न” भनेको छ।

    उक्त अपिलमा भनिएको छ, “इजरायलको गाजासँगको सीमाना लगायत विभिन्न क्षेत्रमा हाल द्वन्द्व चलिरहेको सबैलाई जानकारी नै छ। यस्तो अशान्त वातावरणमा आफ्नो सुरक्षाको ख्याल राख्नुहुन र स्थानीय सुरक्षा निकायको निर्देशन अक्षरश: पालना गर्नुहुन सबै नेपाली समुदायमा अनुरोध छ।”

    “साथै, अप्ठ्यारोमा पर्नुभएका नेपाली नागरिकहरूको सहयोग तथा उद्धारका लागि दूतावासले इजरायलका सम्बन्धित निकाय तथा अधिकारीहरुसँग निरन्तर समन्वय गरिरहेको व्यहोरा अनुरोध छ।”

    “…अप्ठ्यारो परिस्थिति छ, हामी सबै त्रसित छौँ। तर पनि यसको नकारात्मक सन्देश जानेगरी सोसल मिडियाहरूमा सेअर गरेर अरुलाई त्रसित नगराउनुहोला।”

    Facebook Comments Box

    Author

    • उमाकान्त पाण्डे
      उमाकान्त पाण्डे

      अर्घाखाँची स्थायी घर भएका पाण्डे डेढ दशकयता यूएईमा बसेर पत्रकारिता गर्दै आएका छन् । बैदेशिक रोजगार, श्रम र श्रमिकका बिषयमा कलम चलाउने पाण्डेसँग विभिन्न रेडियो, पत्रिका तथा अनलाइनमा काम गरेको अनुभव छ ।

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ४ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ४ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ५ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.