Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ४ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ४ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि
    Facebook Twitter Instagram
    Monday, April 20
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»खेलकुद»इजरायलमा आक्रमण: नेपाली विद्यार्थी परेको प्रारम्भिक सूचना, परराष्ट्र मन्त्रालयमा आकस्मिक बैठक
    खेलकुद

    इजरायलमा आक्रमण: नेपाली विद्यार्थी परेको प्रारम्भिक सूचना, परराष्ट्र मन्त्रालयमा आकस्मिक बैठक

    हालखबर अनलाइनBy हालखबर अनलाइन३ वर्ष अगाडि1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं । इजरायल र प्यालेस्टाइनबीच लामो समयदेखिको खिचातानीबीच प्यालेस्टाइनी विद्रोही समूह हमासले आकस्मिक आक्रमण गरेर युद्धलाई निम्तो दिएको छ । गाजापट्टीमा राज्य चलाइरहेको हमासले इजरायलतर्फ आक्रमण गर्ने क्रममा अहिलेसम्म ४० को मृत्यु भएको, हजार बढी घाइते भएको सूचना सार्वजनिक भएको छ ।

    घाइते हुनेमा इजरायलमा पढ्न गएका नेपाली समेत रहेको बताइएको छ । नेपालको परराष्ट्र मन्त्रालयले त्यस सम्बन्धी प्रारम्भिक सूचनाहरु उपलब्ध भएकाले आफूहरु त्यसलाई बुझ्ने क्रममा रहेको बतायो ।

    परराष्ट्रमन्त्री एनपी साउदले शनिबार अपराह्न सिंहदरबारस्थित मन्त्रालयमा आकस्मिक बैठक डाकेका छन् । भर्खरै सकिएको बैठकमा इजरायल पढ्न गएका विद्यार्थीमध्ये केही घाइते भएको सूचना प्राप्त गरेपछिको परिस्थिति विश्लेषण भएको बताइएको छ ।

    बैठकपछि मन्त्री साउदले भने, ‘हामीले नेपालबाट गएका विद्यार्थीहरु घाइते भएको सूचना पाएका छौं । एकैछिनपछि विस्तृत बुझेर मन्त्रालयको धारणा सार्वजनिक गर्छौं ।’

    परराष्ट्रकी प्रवक्ता सेवा लम्सालले भनिन्, ‘प्रारम्भिक सूचनाहरु उपलब्ध भएका छन्, हामी घटनाक्रमलाई बुझ्ने र विश्लेषण गर्ने क्रममा छौं ।’ इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले हमासको आतंकविरुद्ध आफूहरु युद्धमा गएको र कडा नतिजाको सामना गर्नुपर्ने घोषणा गरेका छन् ।

    १९८७ मा इजरायलविरुद्ध युद्ध गर्न भनेर खुलेको प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासलाई सिरिटी इरान नामक संस्थाको पृष्ठपोषण छ । हमास अर्थात् इस्लामिक प्रतिरोध आन्दोलन नाम दिइएको संस्था इजरायलसँग रकेट लन्चर र बमसहित आक्रमणमा उत्रिएपछि संसारभरिको ध्यान खिचिएको छ ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ४ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ४ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ५ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.