Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Sunday, April 26
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»मेन स्टोरी»नेपाल र रोमानियाबीच श्रम सम्झौता, छिट्टै दूतावासको स्थापना गर्ने दुई देशको प्रतिबद्दता
    मेन स्टोरी

    नेपाल र रोमानियाबीच श्रम सम्झौता, छिट्टै दूतावासको स्थापना गर्ने दुई देशको प्रतिबद्दता

    हालखबर अनलाइनBy हालखबर अनलाइन३ वर्ष अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाण्डौ – नेपाल र युरोपेली देश रोमानियाबीच श्रम सम्झौता भएको छ । आज शुक्रवार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारी र समकक्षी सिमोना वुक्युरा–अप्रेस्क्युबीच श्रम सम्झौतामा हस्ताक्षर भएको हो ।

    श्रम सम्झौता हस्ताक्षर समारोहमा श्रम मन्त्री भण्डारीले नेपाली श्रमिकसँग सरोकारका विषयहरू र द्विपक्षीय श्रम समझदारीका आवश्यकता र प्रभावका बारेमा आफ्नो धारणा राखेका थिए भने रोमानियाले नेपाली श्रमिकको हक, हित र सुरक्षा कायम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उलेख्य सङ्ख्यामा नेपाली श्रमिकको माग रहेको र पारदर्शी रूपमा कामदारको छनौट तथा छोटो अवधिमा कामदार ल्याने प्रक्रियामा समन्वय र सहकार्य गर्ने बताएको छ ।

    युरोपेली देश रोमानियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको झण्डै ५५ वर्ष भइसकेको छ । नेपाली श्रमिकहरूका लागि रोमानिया आकर्षित र सुरक्षित श्रम गन्तव्यको रूपमा रहेको छ ।

    रोमानियाले छिट्टै नेपालमा दूतावास स्थापना गरी रोजगारीको प्रक्रियालाई सहजीकरण गर्ने बताएको छ भने नेपालले पनि रोमानियमा नेपाली दूतावास स्थापना गर्ने निर्णय गरिसकेको छ ।

    रोमानियामा सिपयुक्त श्रम बजारको पहिचान गर्नुका साथै महिला श्रमिकहरूलाई समेत लक्षित गरी सुरक्षित वैदेशिक रोजगारलाई संयोजन गर्ने जस्ता कार्यलाई प्राथमिकतामा राखी आपसी सहकार्य गर्ने चाहाना रोमानियाले राखेको छ ।

    दोहोरो करार, आधारभूत अङ्ग्रेजी भाषाको ज्ञान तथा व्यावसायिक सिप जस्ता विषयहरूमा आपसी समन्वय र सहकार्यबाट समाधान र व्यवस्थापन गर्न सहमति भएको मन्त्रालयले जनाएको छ ।

    पछिल्लो समय रोमानियामा ठुलो सङ्ख्यामा आप्रवासी श्रमिकहरूको माग रहेको, नेपाली कामदारहरूको कार्य स्वभाव, इमान्दारिता, लगनशीलताले रोजगारदाताको विश्वास आर्जन गर्न सकेकोले नेपालबाट कामदार छोटो समयमा मर्यादित भर्ना प्रक्रियामार्फत समेत छलफल भएको छ ।

    श्रमिकको सामाजिक सुरक्षाको हकमा रोमानियमा कार्यरत रहेका कुनैपनि आप्रवासी श्रमिकहरुले रोमानियाका नागरिक सरह सामाजिक सुरक्षाको उपभोग गर्न पाउने व्यवस्था रहेको जानकारी गराउँदै दुवै पक्षको श्रमसँग सम्बन्धित निकायबीच समन्वय र सहकार्य गरी द्विपक्षीय श्रम सम्झौता प्रभावकारी कार्यान्वयन गर्न दुवै पक्षले प्रतिबद्धता गरेका छन ।

    रोमानियासँग श्रम सम्झौता गर्न नेपालकोतर्फबाट श्रममन्त्री भण्डारीसहित मन्त्रालयका सचिव केवल प्रसाद भण्डारी, जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्का, रोमानियाका लागि अवैतनिक वाणिज्यदूत नवराज पोखरेल लगायतको सहभागिता थियो ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.