आबुधावी । युएईका लागि नेपालका राजदूत तेजबहादुर क्षेत्रीले बुधबार युएईका राष्ट्रप्रमुख शेख मोहम्मद बिन जायद अल नयन समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।
बुधवार आबुधाबीको अलवातन दरबारमा भएको बिशेष समारोहमा ओहोदाको प्रमााणपत्र पेश गरेपछि युएईका राष्ट्रप्रमुखसँग भएको शिष्टाचार भेटमा राजदूत क्षेत्रीले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट समकक्षीलाई पठाएको सन्देश प्रदान गरेका थिए । राष्ट्रपति पौडेलको शन्देशमा नयनको व्यक्तिगत सुख, सुस्वास्थ्य साथै युएईका जनताको निरन्तर प्रगतिको कामना ब्यक्त गरिएको छ ।

सन् १९७७ मा नेपाल र युएईबीच कूटनीतिक सम्बन्ध कायम भएयता दुवै देशबीचको सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै राजदूत क्षेत्रीले नेपालीका निम्ति युएई आकर्षक गन्तव्य बनेको बताए । उनले नेपालीलाई अवसर प्रदान गरेकामा युएई सरकारप्रति आभार समेत व्यक्त गरेको नेपाली दुतावास आबुधावीले जनाएको छ ।
युएईका रराष्ट्रप्रमुखले राजदूत क्षेत्रीको कार्यकालको सफलताको कामना गर्दै राष्ट्रपति पौडेलेको सुख, सुवास्थ्यका साथै नेपाल र नेपालीको शान्ति एवं प्रगतिको कामना गरेको नेपाली दूतावास आबुधावीले प्रेस विज्ञप्ती मार्फत जनाएको छ ।
नेपालले गएको असार अन्तिम अन्तिम साता युएईका लागि राजदुतको रुपमा पररास्ट्र सेवामा कार्यरत सहसचिव क्षेत्रीलाई नियुक्ती गर्ने निर्णय गरेको थियो ।
गत साता मात्रै युएई आएका राजदुत क्षेत्री युएईका लागी चौथो नेपाली राजदुत (पूर्ण) हुन । यूएईमा रहेको नेपाली दूतावास गएको फागुन ( मार्च ) सात बाट राजदूतविहीन थियो ।
यस् अघी युएईका लागि पूर्ण राजदुतको रुपमा अर्जुन बहादुर थापा, धनन्जय झा , कृष्णप्रसाद ढकालले कार्यकाल पुरा गरेका छन । त्यस्तै मधुवन पौडेल, मोहन कृष्ण श्रेष्ठ, दिपक अधिकारी, नेत्र बहादुर टन्डन,सागरप्रसाद फुयाल र बिशाल भट्टराइले कार्यबहाक राजदुतको रुपमा जिम्मेवारी सम्हालेका थिए ।
क्षेत्री राजदुतको रुपमा युएई आएपछि दुई देश बीचको कुटनीतिक सम्बन्धमा थप बिकासको अपेक्षा यहाँका सरोकारहरुले गरेको पाईन्छ ।
