Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Saturday, April 25
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»मध्यपूर्व गतिविधि»युवाहरु तेस्रो मुलुक हुदैँ युरोप पलायन हुने क्रम बढ्दो
    मध्यपूर्व गतिविधि

    युवाहरु तेस्रो मुलुक हुदैँ युरोप पलायन हुने क्रम बढ्दो

    प्रहरी फन्दा तथा विभिन्न दुर्घटनाको शिकार
    हालखबर अनलाइनBy हालखबर अनलाइन३ वर्ष अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    सांकेतिक तस्बीर
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाण्डौँ । खाडी र मलेसियाबाट पछिल्लो समयमा नेपाली युवाहरु युरोपियन मुलुकतर्फ मोडिन थालेका छन् । राम्रो सेवा सुविधा तथा भविष्यमा परिवार सहित ती मुलुकमा नै स्थायी रुपमा बस्न पाईने भएपछि नेपाली युवाहरुको युरोप प्रतिको मोह बढ्न थालेको हो ।
    नेपाली युवाहरुको युरोप सपनाको फाईदा उठाउँदै म्यानपावर व्यवसायी तथा दलालहरुले ठगी गर्न थालेका छन् । युरोपको विभिन्न मुलुकमा पठाईदिने, आकर्षण तलब तथा सेवा सुविधा पाईने जनाउदै युवाहरुबाट दलालहरुले चर्को रकम असुल्ने गरेका हुन् । रकम लिएपछि दलालहरु सम्पर्कविहिन हुने गरेपछि युवाहरु थप पिडामा परेका छन् ।
    अवैध रुपमा लुक्दै जानु पर्ने हुदाँ युवाहरु विभिन्न मुलुकहरुमा प्रहरी फन्दा पर्ने तथा विभिन्न दुर्घटनाको शिकार हुनु परेको छ ।
    युरोप सपनाकै कारण १४ जना युवाहरु काठमाडौको त्रिपुरेश्वरस्थित मुन हयुमन रिर्सोसस म्यानपावर कम्पनीबाट ठगिएका छन् । सो कम्पनीले नेदरल्याण्ड ,क्रोसिया र माल्टा लगायतका मुलुकमा रोजगारीका लागि लैजाने भन्दै १४ जना बाट ठूलो रकम असुल्यो । कम्पनीले रकम असुलेपछि उनीहरुलाई गन्तब्य मुलुकमा पठाएन ।

    वैदेशीक रोजगार विभागमा उजुरी
    रकम भुक्तानी गरेको धेरै दिनसम्म म्यानपावर कम्पनीले गन्तब्य मुलुक नपठाएपछि उनीहरुले ठगिएको चाल पाए । वैदेशिक रोजगार विभागमा आफु ठगिएको जनाउदै युवाहरुले उजुरी दिएको विभागले जनाएको छ ।
    उजुरीको आधारमा छानबिन गर्दा मुन हयुमन रिर्सोस कम्पनीले युवाहरुबाट करिब डेढ करोड रकम ठगी गरेको पाईएको विभागले जनाएको छ । उजुरीको आधारमा अनुसन्धान गर्दा कम्फनीका सञ्चालक तथा अन्य व्यक्तिले आकर्षण तलब सुविधा सहित नेदरल्याण्ड, त्रोसिया र माल्टा लगिदिने भन्दै रकम ठगी गरेको पाईएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
    रकम ठगी गर्ने मुन हयुमन रिसोर्सका सञ्चालकहरु प्रकाश राई, दिपक श्रेष्ठ, सुवास थापा विरुद्ध वैदेशिक रोजगार ऐन दफा ४४ बमोजिम बैदेशिक रोजगार न्यायाधिकरणमा मुद्धा दायर गरेको छ । त्यस्तै, राजेन्द्र श्रेष्ठललाई विरुद्ध वैदेशिक रोजगार ऐनको दफा ४३ बमोजिम मुद्धा दायर गरिएको छ ।
    विभागले कम्पनीका सञ्चालकहरुले ठगी गरेको एक करोड ४४ लाख रुपैयाँ ३२ हजार रुपैयाँ र सो रकमको ५० प्रतिशतले हुन आउने हर्जाना क्षतिपूर्ति बापत ७२ लाख १६ हजार सहित दुई करोड १६ लाखको माग दाबी गरेको छ ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.