काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी ११ औं महाधिवेशनका लागि मलेसियाबाट खगेन्द्र न्यौपाने केन्द्रिय उपाध्यक्षमा भिड्दै छन् । न्यौपाने हाल केन्द्रिय कमिटिको सचिव हुन् ।
न्यौपाने एनआरएनए मलेसियाको उपाध्यक्ष, आईसिसि सदस्य, एशिया प्याशिफिक सहसंयोजक हुंदै हाल सचिव रहेका छन् । लामो समय देखि मलेसियालाई कर्मभूमी बनाउँदै आएको न्यौपानेले मलेसिया, कतार, दुबई, नेपाल लगायतका मुलुकमा ठूलो लगानी गर्दैै आएका छन् ।

शान्त र शालिन स्वभावका न्यौपाने एटी ग्रुप अफ कम्पनी मलेसियाका डाईरेक्टर हुन् । साथ्रै बिकास हाईड्रोपावर कम्पनीका अध्यक्ष, बुढीगन्डकी हाईड्रोपावर सुपर माछाखोलाका अध्यक्ष, स्मार्ट होलीडे प्रालि र ग्रीनलाइन ट्राभल्सका पनि अध्यक्ष हुन् ।
त्यस्तै, उनी भिनोलिभा हस्पिटालिटी प्रालीको अध्यक्ष रहेका छन । योसँगै सेयर बजार, हस्पिटल,रियल स्टेट लगाएत अन्य बिभिन्न क्षेत्रमा लगानी गरेर उनले देशबिकासमा आफ्नो दरो उपस्थिती जनाएका छन ।
न्यौपानेले मध्यपुर्व, मलेसिया, कोरिया, युरोपलगाएत देशका लाखौ नेपालीहरुको मुद्दा उठाउन, उनिहरुको समस्याको समाधान गर्न, रेमिटेन्सको सही प्रयोग गराउन, एक पटकको नेपाली सधैको नेपाली कायम राख्न नागरिकताको मुद्दालाई प्राथमिकता दिएका छन् ।
हाल गैरआवासीय नागरिकताको व्यवस्था भए पनि त्यसले मताधिकार सहित अरु अधिकारबाट देशका लागि योगदान दिने गैरआवासीय नेपालीहरु बञ्चित भएको अवस्था रहेकाले योजनाबद्द रुपमा त्यसलाई सम्बोधन गर्नुपर्ने तर्क राख्छन् ।
उनले विदेशमा बस्ने नेपालीहरुका प्रमुख समस्याहरुमा सबै एकत्रित भएर सँस्थालाई एक र मजबुत बनाएर अगाडी बढाउनपर्ने बताएका छन ।
