Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Saturday, April 25
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»मेन स्टोरी»गैरआवासीय नेपाली संघ मलेसियाको बदमासी, प्रतिनिधि नामावली सिफारिसमा त्रुटी
    मेन स्टोरी

    गैरआवासीय नेपाली संघ मलेसियाको बदमासी, प्रतिनिधि नामावली सिफारिसमा त्रुटी

    हालखबर अनलाइनBy हालखबर अनलाइन३ वर्ष अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाण्डौ। गैरआवासीय नेपाली संघ मलेसियाले आगामी ११ औ महाधिवेशनका लागि प्रतिनिधि नामावलीमा बदमासी गरेको छ । संघले अन्तराष्ट्रिय समन्वय समितिमा प्रतिनिधिको नामावली पठाउँदा त्रुटी गरेको हो । संघले वास्तविक प्रतिनिधि नामावली नै छुटाएपछि संघको बदमासी खुलेको हो ।

    संघले केन्द्रमा प्रतिनिधिको नामावली छुटाएपछि यसको विरोध भएको थियो । विरोध पछि संघले केन्द्रमा नामावली सुची सञ्चाउन अनुरोध गरेको पनि थियो । तर, केन्द्रले नामावली सच्चाउन नसक्ने जनाएको संघका महासचिव टिकाराम अधिकारीले बताए ।

    संघले मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै प्रतिनिधि नामावलीमा पठाउँदा गल्ती भएको समेत स्वीकार गरेको छ । यद्यपी केन्द्रलाई सच्चाउन अनुरोध गरिएको तर, केन्द्रले निर्वाचन कमिटिले मात्रै निर्णय गर्न सक्ने जवाफ दिएको विज्ञप्तीमा उल्लेख गरेको छ ।

    संघले विज्ञप्तीमा सामाजिक सञ्जालमा संघको बिषयमा भएको टिकाटिप्पणीको प्रति ध्यानकर्षण भएको जनाएको छ । आफैले गल्ती गरेको अवस्थामा पनि संघको ठाडो विज्ञप्तीले संघको प्रवृति स्पष्ट पारेको मलेसियाकै प्रतिनिधिहरुको गुनासो छ ।

    महाधिवेशनका प्रतिनिधिको नामावलीको बिषयमा भएको चलखेल घटना भने नौलौ होइन । नेतृत्व तहमा बसेकाहरुले आफखुशी प्रतिनिधि चयन गर्ने प्रचलन पुरानै हो । जसबाट मलेसिया पनि अछुतो रहन सकेको छैन ।

    मलेसियाबाट १७१ जना प्रतिनिधि छन् । तर, संघले आठ जना प्रतिनिधिको नाम केन्द्रमा पठाएन । गैर आवासीय नेपालीसंघ मलेसियामा अहिले दुई जना अध्यक्ष छन् । विनोद श्रेष्ठ र आरके महत्तो । विनोद श्रेष्ठले यस अघि एक कार्यकाल पुरा गरि सकेका छन् ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.