Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ४ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ४ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि
    Facebook Twitter Instagram
    Monday, April 20
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»मेन स्टोरी»मणिपाल अस्पताल तोडफोड गर्ने थप एकजना पक्राउ, ८ दिनपछि उठ्यो सुकमायाको शव
    मेन स्टोरी

    मणिपाल अस्पताल तोडफोड गर्ने थप एकजना पक्राउ, ८ दिनपछि उठ्यो सुकमायाको शव

    हालखबर अनलाइनBy हालखबर अनलाइन३ वर्ष अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    पोखरा । गत ८ गते लमजुङबाट उपचारका लागि ल्याइएकी सुकमाया दुराको मृत्युपछि चिकित्सक कुटपिट प्रकरणमा थप एक जना पक्राउ परेका छन् । सुकमायाको मृत्युपछि उत्पन्न तनावमा अस्पताल तोडफोड गरेको आरोपमा ‘छावा’ भनेर चिनिने सुशील कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

    अस्पतालको लापरबाहीले सुकमायाको ज्यान गएको भन्दै आफन्तका तर्फबाट विरोधमा उत्रिएका कार्की सिसी क्यामरामा तोडफोडमा उत्रिएको देखिएपछि पक्राउ परेका हुन् ।कास्की प्रहरी प्रमुख मोहनबहादुर थापाका अनुसार भीडबाट तोडफोड गर्ने र अराजकता निम्त्याउने अझै केही व्यक्ति खोजीमा छन् ।

    गत ८ गते चिकित्सकको लापरबाहीले सुकमायाको मृत्यु भएको भन्दै आफन्तका तर्फबाट डाक्टर अनिल शाहमाथि हातपात भएको थियो । डाक्टर कुटिएको विषयले देशैभरि आन्दोलन भएको थियो ।

    ८ गते नै डाक्टर कुटेको आरोपमा २७ वषर्ीय विनय गुरुङलाई प्रहरीले पक्राउ गरेको थियो । चिकित्सकका तर्फबाट पनि डा. दिनेशलाई पक्राउ गरेर एक दिन हिरासतमा राखेर छोडेपछि आफन्तले झनै आन्दोलन चर्काएका थिए ।

    मणिपाल प्रकरणमा माओवादी निकट चिकित्सक संगठनका नेता डा. दिनेश विकसमेत पक्राउ परेपछि स्वास्थ्यकर्मीले आन्दोलन झनै चर्को पारेका थिए । डाक्टरमाथि एकपछि अर्को आक्रमणका घटना भएको भन्दै चिकित्सकहरुले देशैभरि आन्दोलन गरेपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले डाक्टर कुट्ने र तोडफोड गर्नेलाई कारबाही गर्ने प्रतिवद्धता नै जनाएका थिए ।

    चिकित्सकले डाक्टर कुट्ने, तोडफोड गर्नेलाई पक्राउ गर्नुपर्ने माग गर्दै आकस्मिकबाहेकका सेवा थप्प पार्दै प्रशासन कार्यालयअघि प्रदर्शनसमेत गरेका थिए भने आफन्तका तर्फबाट महेन्द्रपुलमा चक्काजाम गरेका थिए ।

    तनाव व्यवस्थापनमा खटिएका प्रहरीले नै डाक्टर कुटेर आएको भन्दै सार्वजनिक अभिव्यक्ति दिएको भिडियो संचारमाध्यमहरुमा सार्वजनिक भएपछि गृह मन्त्रालयले छानविन लिएको थियो । यो प्रकरणमा इन्स्पेक्टर मदन श्रेष्ठ निलम्वनमा छन् भने वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी वेदप्रकाश जोशी काजमा हेडक्वाटर तानिएका छन् ।

    अस्पताल प्रशासन र डाक्टरबीच ६ बुँदे सहमति भएपछि आन्दोलन मत्थर भएको थियो । तर, सहमति पछि पनि अस्पताल तोडफोड गर्ने १२ असोजमा प्रहरीले थप ७ जनालाई पक्राउ गरेको थियो । सजित मुल्मी, मनिष थापा, अविनाश गुरुङ, अरुण, नितेश, विवेक र प्रदीप गुरुङलाई पक्राउ गरी प्रहरीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐनविपरीत काम गरेको कसुरमा मुद्दा अगाडि बढाएको छ ।

    सहमति भइसकेको भनिएको मणिपाल प्रकरणमा प्रहरीले फेरि पक्राउ गरेको भन्दै आफन्तले सुकमायाको शवसमेत बुझेका थिएनन् । अस्पताल र आफन्तबीच सहमति भएको तर प्रहरीले तोडफोडमा उत्रिएकालाई पक्राउ गरी कानुनी प्रक्रिया अगाडि बढाएको एसपी थापाले बताए ।

    मृतकका आफन्तले पक्राउ परेका व्यक्तिको रिहाइ गर्न माग गर्दै शव नउठाएकोमा छिटोभन्दा छिटो सहजीकरण गरिदिने सर्तमा मंगलबार बिहान (आज) शव उठाइएको छ ।

    आफन्तले ८ दिनपछि अस्पतालमा शव उठाएको एसपी थापाले जानकारी दिए । प्रहरीले स्वास्थ्य संस्था सम्बन्धी ऐनअनुसारै पक्राउ परेका व्यक्तिको कानुनी प्रक्रिया अगाडि बढाउने थापाको भनाइ थियो ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ४ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ४ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ५ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.