काठमाण्डौं । वैदेशिक रोजगारीका लागि नक्कली कागजपत्र बनाई जापान पठाईदिने १४ वटा संस्थालाई वैदेशिक रोजगार विभागले कारवाही गरेको छ । विभागको आज बसेको बैठकले उजुरीको आधारमा ती संस्थालाई निलम्बन गरेको हो भने अन्य संस्थाहरुको अनुसन्धान गरिरहेको छ ।
यि संस्थाहरुले जापानिष भाषा र संस्कृति सम्बन्धी तालिमको शंकास्पद प्रमाणपत्र पेश गरी श्रम स्वीकृति लिएर नेपाली कामदारलाई जापान पठाएको विभागमा उजुरी परेको थियो । विभागको प्रूारम्भिक अनुसन्धानले सो कार्यमा संलग्न देखिएका एजेन्सीलाई निलम्बन गरी अनुसन्धान गर्ने भएको छ ।
निलम्बन पर्ने संस्थाहरुमध्ये गुडविल लाईफ इन्टरनेशनल इन्प्लोईमेण्ट एजेन्सी, सत्यवती ओभरसिज, डिएन इन्टरनेशनल नेपाल ओभरसिज, रोयल ओभरसिज, जबस् ग्लोबल डट कम इम्पोईमेण्ट, लायन्स इन्टरनेशनल नेपाल, भण्डारी ओरभसिज, वल्ड फेवर ओभरसिज, एनएपि इन्टरनेशनल, मन्जुश्री ओभरसिज, एएनएक एसोसियट, क्यापिटल इन्टरनेशल म्यानपावर, ग्यान्ड स्वीट जब र अक्सन इनटरनेशललाई निलम्बलन गरेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Facebook Comments Box
