हालखबर अनलाईन/काठमाडौ – गैरआवासीय नेपाली संघ (एनआरएनए) को असोज अन्तिममा हुन गैरहेको ११ औं महाधिवेशनमा महिला उम्मेदवार भने पुरानै दोहोरिने भएका छन् । नयाँ अनुहार भने खासै नदेखिने भएको छ ।
संघको आगामी निर्वाचनमा रबिना थापाले अध्यक्ष उम्मेदवारी दिएका छन् । उनी हालको कार्य समितिको अध्यक्ष नै हुन् । उनले पुन ः पद दोहोराउने घोषणा गरेकी छिन् । त्यस्तै,साउदी अरबमा बस्दै आएकी संघकी उपाध्यक्ष यासमीन बेगम सैयदलेले पुनह: उपाध्यक्षमै उमेदवारी दिने भएकी छन ।
हङकगबाट टिका गुरुङले पनि महिला सचिवमा उम्मेदवारी दिने घोषणा गरेकी छिन् । गुरुङले पनि आगामी कार्यकालमा सचिव पद दोहोराउने भएकी हुन् ।
त्यस्तै, तृष्णा शर्माले महिला सहकोषाध्यक्षमा उम्मेदवारी दिएकी छिन् । त्यस्तै, महिला सचिव पदमा रोजिना प्रधान राईले उम्मेदवारीको घोषणा गरेकी छिन्।
गैरआवासिय नेपाली संघको अभियानमा लामो समयदेखि सकृय अनुजा प्रधानले यस पटक महिला संयोजक पदमा उम्मेदवारी दिने तयारी गरेकी छन ।



