Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    २ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    २ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    २ महिना अगाडि
    Facebook Twitter Instagram
    Saturday, May 16
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»मध्यपूर्व गतिविधि»यूएई प्रवास सम्पर्क बिभागद्वारा आयोजित शिविरमा ८९ जनाले गरे रक्तदान
    मध्यपूर्व गतिविधि

    यूएई प्रवास सम्पर्क बिभागद्वारा आयोजित शिविरमा ८९ जनाले गरे रक्तदान

    उमाकान्त पाण्डेBy उमाकान्त पाण्डे६ महिना अगाडि1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    दुबई। यूएईको दुबईमा आयोजित रक्तदान शिविरमा ८९ जनाले रक्तदान गरेका छन्। यूएई प्रवास नेपाली सम्पर्क बिभागले यहा रहेको रक्तदाता संघ संगको समन्वयव तथा दुबई हेल्थ अथोरिटी केन्द्रिय कार्यालय दुबईको प्राबिधिक तथा चिकित्सकीय सहयोगमा दुबईमा गरेको शिविरमा ८९ जनाले रक्तदान गरेका हुन्। शिविरमा डेढ सय भन्दा धेरै नेपालीको उपस्थिति भएपनि १४ जनाले सेतो रक्त सेल तथा ७५ जनाले रातो रक्त सेल गरि ८९ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक जगन अधिकारीले जानकारी दिए।

    शिविरमा सहभागी मध्ये कतिपयको स्वास्थ्य अवस्था अनुकूल नभएकोले रक्तदान गर्न नसकेको आयोजकले जनाएको छ।

    शिविरमा सामान्य स्वास्थ्य परीक्षण अन्तर्गत रक्तचाप, हेमोग्लोबिनजस्ता परीक्षणहरू पनि गरिएको थियो। कार्यक्रममा प्रवास नेपाली सम्पर्क विभागका यूएई प्रमुख सुजन थापाले रक्तदान गरी शिविरको उद्घाटन गरेका थिए।

    शिविरमा नेपाली समाजका अध्यक्ष राम मोक्तान, जनप्रगतिशील मञ्च यूएईका अध्यक्ष लक्ष्मण खनाल, डिएनआईजीका मनोज मरहठ्ठा, सामाजिक अभियन्ता नमराज पाण्डे (फुलेबुढा), सविता रिजाल, सहित नेपाली महावाणिज्य दुतावास दुबईबाट उपमहा वाणिज्यदुत कृष्ण प्रसाद चापागाईं लगायतको उपस्थिति थियो।

    त्यस्तै अन्तर्राष्ट्रिय रक्तदाता संघका केन्द्रिय कोषाध्यक्ष तथा नेपाली रक्तदाता संघ युएईका संरक्षक सुनिल श्रेष्ठ, सिन्धुपाल्चोक सेवा समाज युएईका अध्यक्ष दीपक राउत, देवदह समाजका अध्यक्ष रेमेश न्यौपाने, नेपाली दूतावास अबुधाबीका कर्मचारी हरेराम अर्याललगायतको उपस्थिति थियो।

    शिविरमा विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा सामाजिक अभियन्ताहरूको उपस्थिति थियो।

    Facebook Comments Box

    Author

    • उमाकान्त पाण्डे
      उमाकान्त पाण्डे

      अर्घाखाँची स्थायी घर भएका पाण्डे डेढ दशकयता यूएईमा बसेर पत्रकारिता गर्दै आएका छन् । बैदेशिक रोजगार, श्रम र श्रमिकका बिषयमा कलम चलाउने पाण्डेसँग विभिन्न रेडियो, पत्रिका तथा अनलाइनमा काम गरेको अनुभव छ ।

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    २ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    २ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    २ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.