Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पक्राउ परेका सबैलाई अनिवार्य हतकडी नलगाउन सर्वोच्चको आदेश

    २ महिना अगाडि

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ८ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ८ महिना अगाडि
    Facebook Twitter Instagram
    Sunday, November 8
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»विश्व»विमान दुर्घटनामा परी दक्षिण कोरियामा १ सय २२ जनाको मृत्यु ,दुई जनाको जीवित उद्धार
    विश्व

    विमान दुर्घटनामा परी दक्षिण कोरियामा १ सय २२ जनाको मृत्यु ,दुई जनाको जीवित उद्धार

    हालखबर अनलाइनBy हालखबर अनलाइन२ वर्ष अगाडि1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    दक्षिण कोरियामा भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १२२ पुगेको छ । दुई जनाको मात्रै जीवित उद्धार गरिएको छ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विमानमा सवार १२२ जनाको शव भेटिएको छ। जीवितै उद्धार गरिएका दुई जना बाहेक अन्यको खोजी जारी छ। सीएनएनका अनुसार मृत्यु भएका यात्रुमध्ये ५७ महिला र ५४ पुरुष छन्। त्यस्तै, ११ जनाको पहिचान हुन सकेको छैन।

    जीवितै उद्धार गरिएका दुई जनाको भने उपचार भइरहेको छ। उनीहरूको अवस्था स्थिर रहेको कोरियाली समाचार संस्था योनहापले जनाएको छ। जीवितै उद्धार गरिएका दुई जना चालक दलका सदस्य रहेको सीएनएनले उल्लेख गरेको छ।

    थाइल्यान्डको ब्यांककबाट आएको जेजु एअरको बोइङ–७३७ विमान आज बिहान दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको थियो। विमानमा ६ जना चालक दलका सदस्य सहित १८१ जना सवार थिए।

    धावनमार्गबाट चिप्लिएको विमान पर्खालमा ठोक्किएको थियो। पर्खालमा ठोक्किने बित्तिकै आगलागी भएको भिडिओमा देखिन्छ। यो दक्षिण कोरियामा भएका ठूला दुर्घटनामध्ये एक हो।

    यसअघि एअर चाइनाको विमान दुर्घटना हुँदा १२९ जनाको ज्यान गएको थियो।पछिल्लो पटक सन् २०१३ मा एशियना एअरलाइन्सको विमान दुर्घटनामा परेको थियो।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    नेपालमा विकसित घटनाक्रम नजिकबाट हेरिरहेका छौं – भारत

    १ वर्ष अगाडि

    भारत र अमेरिकाको सम्बन्ध बिग्रिदै, ट्रम्पको भ्रमण स्थगित

    १ वर्ष अगाडि

    शान्ति सैनिकमाथि लेबनानमा प्रदर्शनकारीको आक्रमण, नेपाली सेनाका उपरथी ढकाल घाइते

    २ वर्ष अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    १ वर्ष अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    ३ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    ३ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.