दुबई । नेपालको प्राकृतिक विपत्ति बाढि पहिरोबाट पीडित बनेका नागरिकहरुको सहयोगार्थ दुबईमा सास्कृतिक कार्यक्रम गरिने भएको छ । दशै, तिहार, छठ र नेपाल सम्वतको अवसरमा आयोजना गर्न यस् अघी तय भएको कार्यक्रमलाई अबभने बाढि पहिरोबाट पीडित बनेका नागरिकहरु प्रती समर्पित गर्दै सहयोगार्थ गर्न लागिएको हो ।
कृयटिभ मिडिया तथा इभेन्ट म्यानेजमेन्ट कम्पनीले विगत ६ बर्षदेखी नीयमित रुपमा हरेक बर्ष विभिन्न देशहरूमा गर्दै आएको साहित्यिक, सांस्कृतिक, साङ्गितिक साँझ तथा छैठौ अन्तरास्ट्रिय सोसियल अवार्ड यसपटक युएईको दुबईमा गर्न लागेको आयोजकले जनाएको छ ।
बर दुबईमा रहेको क्लब एसके सेभेनमा हुने कार्यक्रममा बरिष्ठ पत्रकार तथा लेखक मनरिषि धितालको पुस्तक वार्ता हुने छ । त्यस्तै सिन्धुली कला घरको विशेष प्रस्तुति (नौमती पञ्चे बाजा, सन्देशमूलक नाटक, नृत्य तथा गायन) रहने आयोजकले बताएको छ ।
कार्यक्रममा चाडवाडको अवसरमा शुभकामना आदानप्रदान सहित देश तथा बिदेशमा बसेर सामाजिक रुपमा उत्कृष्ट काम गरिरहेका १० जनालाई बिशेष सम्मान तथा युएईमा कार्यरत कलाकारहरुको प्रस्तुती रहने छ । त्यस्तै कार्यक्रममा नायिका नम्रता सापकोटा, मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे) र पुकु (हल्का रमाइलो टिम),कुटुमा कुटु सुपारी दाना,फुल बुट्टे सारी सपक्क पारी,सुर्खे थैली खोइ,गोजिमा दाम छैन,चेप्टे चेप्टे पेरुङ्गो,पुर्व पश्चिम रेल,लगायत गीतका गायक एवम् सर्जक राजनराज सिवाकोटी, राष्ट्रिय स्तरका अग्रज साहित्यकार, राष्ट्रिय तथा स्थानीय चर्चित कलाकार, साहित्यकार, सञ्चारकर्मीहरुको समेत सहभागिता हुने कार्यक्रम आयोजक सस्थाका अध्यक्ष सुनिल खड्काले जानकारी दिए ।