दशैको आगमनसगैँ देश तथा विदेशमा भइरहेका सागीतिक तथा सांस्कृतिक कार्यक्रममा यतिबेला कलाकारहरु व्यस्त छन् । नेपालभन्दा बाहिरका देशमा बसोबास गर्ने नेपाली समुदायले आयोजना गरेका कार्यक्रममा दर्शक श्रोतालाई मनोरञ्जन दिनका लागि यतिबेला थुप्रै कलाकार विभिन्न मुलुकका कार्यक्रममा व्यस्त बनेका हुन् ।
दशै गीतका सर्जक गायक सुगम पोखरेल युएईमा रहेका दर्शक श्रोतामाझ गुञ्जिने भएका छन् । शनिबार साँझ दुवइस्थित क्लब एभरेष्ट बरदुवई र आइतबार आबुधाबीमा उनको संगीतिक प्रस्तुती हुनेछ । दशैको शुभकामना आदान -प्रदान सहित सुगम पोखरेल लाइभ इन आबुधाबीको आयोजना गरिएको हो ।
नेपाल डिउट र जात्रा इभेन्टसको संयुक्त आयोजनामा यहीँ अक्टोबर ६ तारिख आबुधाबी करनेक्स स्थित सेराटन होटलमा कार्यक्रम हुन लागेको आयोजकका निमा शेर्पाले हालखबरलाई जानकारी दिए ।

गायक पोखरेलले अघिल्लो वर्षपनि आबुधाबीमा सांगितीक प्रस्तुती दिएका थिए । चाडपर्वमा घरपरिवार तथा आफन्तबाट टाढा रहेका नेपालीमा आत्मियता तथा शुभकामना पुर्याउने उद्देश्यले कार्यक्रम गर्न लागिएको शेर्पाले बताए ।
गायक पोखरेलको “वर्षमा दिनमा लैलै, हर्षका दिन यी लैलै ” गीतले घरदेश तथा परदेशमा रहेका नेपालीमा दशैतिहारको माहोल सुरु हुन्छ।
२०१५ मा स्थापना भएको नेपाली डिउड आबुधावीले आबुधाबीमा हरेक हप्ताको मंगलबार र शनिबार नेपाली नाइटको आयोजना गदै आएको छ ।साथै हरेक महिना युएईमा रहेका नेपाली स्थानीय तथा नेपालबाट विभिन्न कलाकारलाई ल्याएर सागीतिक कार्यक्रम गर्दै आएको जात्रा इभेन्टका शिभ श्रेष्ठले जानकारी दिए । नेपाल डिउड र जात्रा इभेन्ट समुहले लामोसमयदेखी आबुधावीमा संयुक्त कार्यक्रम गदै आएका छन्।