Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ४ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ४ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि
    Facebook Twitter Instagram
    Monday, April 20
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»हाल खबर विशेष»हजकालागि साउदी अरब गएका नेपाली यात्री ४२ दिन पछि फर्किए
    हाल खबर विशेष

    हजकालागि साउदी अरब गएका नेपाली यात्री ४२ दिन पछि फर्किए

    हालखबर अनलाइनBy हालखबर अनलाइन२ वर्ष अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाण्डौ । हजको लागि साउदी अरब गएका नेपाली यात्री ४२ दिन पछि नेपाल फर्किएका छन् । यो बर्षको हज यात्रा सहज रुपमा सम्पन्न गरि पाँचवटा फलाइटबाट नेपाल फर्किएको हज कमिटिका अध्यक्ष इसरा मुल्ला मियाँले बताए ।

    यो बर्ष हज यात्रा कमिटिका सदस्य र दुई जना चिकित्सक सहित ७६४ जना हजको लागि साउदी अरब पुगेका थिए । हज यात्राको लागि प्रति व्यक्ति चार लाख १५ हजार रुपैयाँ संकलन गरिएको थियो । कमिटिका सदस्य र चिकित्सकको लागि सरकारले टिकटको सुविधा प्रदान गरेको कमिटिका अध्यक्ष मियाँले बताए ।

    २०२१ साल देखि नेपाल सरकार मार्फत हजयात्रामा जाने क्रम सुरु भएको हो । त्यसअघि भने हजयात्री भारतको मुम्बई हुँदै पानी जहाजबाट साउदी अरब पुग्दथे । २०२० सालमा रौतहटमा भएको मुस्लिम अगुवाहरुको भेलाले सरकारसँग हज समितिको माग गरेको हो । तत्पश्चात हज कमिटि गठन गरि सरकार मार्फत हजमा जाने क्रम सुरु भएको हो ।

    इस्लाम धर्मका प्रमुख स्तम्भ इमान, नमाज, रोजा, जकात र हज हुन् । स्वस्थ्य र आर्थिक हिसाबले सक्षम व्यक्तिहरु जीवनमा कम्तीमा एक पटक अनिवर्य हज जानुपर्ने मान्यता रहँदै आएको छ । हजको मुख्य विधि हिजरी पात्रोको १२ औ महिना जुलहिज्जाको ८ देखि १२ तारिखसम्म गरिन्छ । यस बाहेक पनि हजयात्री महीना दिनसम्म मक्का र मदिनामा विभिन्न धार्मिक कर्ममा सहभागी हुन्छन् । जुलहिज्जाकै १० तारीखमा इस्लाम धर्मावलम्बीको अर्को ठूलो चाड बक्र ईद पर्छ ।

    हजयात्रामा जानेहरुले मक्का पुग्नुअघि नै सेतो रङको नसिलाइएको कपडा लगाउनुपर्छ । जसलाई एहराम भनिन्छ । यो कपडा लगाएपछि हजको प्रक्रिया शुरु भएको मानिन्छ । मम्का पुगेर तवाफ र सई गरेपछि मात्र अर्को कपडा लगाउने गरिन्छ । काबाको सात पटक परिक्रमा गरिन्छ । जसलाई तवाफ भनिन्छ । त्यस्तै, सई पनि हजयात्रीको अर्को प्रमुख कार्य हो । सईपछि पुरुषहरुले कपाल खौरिने गर्छने भने महिलाले पनि केही अंश काट्ने गर्छन् ।

    हाजीहरुले तवाफ गरि सकेर एक दिन मिना र एक दिन मुजदल्फह बसेर जुलहिज्जाको ९ तारिख दिन मक्का भन्दा परको ठूलो मैदानमा दिन विताउने गर्छन् । खुला आकाशमुनि यहाँ बसेर क्षमायाचना गर्ने गरिन्छ ।

    हजयात्रीहरु गत जुन २९ देखि नेपाल फर्कन सुरु गरेका हुन् । पाँचवटा फलाइटबाट जुलाई ३ तारिखसम्ममा सबै यात्री नेपाल आइपुगेको हज कमिटिका अध्यक्ष मियाँले बताए । गत जेठको पहिलो साता विभिन्न पाँच वटा फ्लाइटबाट हज यात्री साउदी अरब पुगेका थिए ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ४ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ४ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ५ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.