Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ४ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ४ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि
    Facebook Twitter Instagram
    Monday, April 20
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»धर्म संस्कृति»रामबहादुर बमजन बालयौन दुराचार मुद्दामा दोषी ठहर, सजायका लागि असार १७ गते पेसी
    धर्म संस्कृति

    रामबहादुर बमजन बालयौन दुराचार मुद्दामा दोषी ठहर, सजायका लागि असार १७ गते पेसी

    हालखबर अनलाइनBy हालखबर अनलाइन२ वर्ष अगाडि3 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    आफूलाई तपस्वी दाबी गर्दै आएका रामबहादुर बमजनलाई सर्लाही जिल्ला अदालतले बालयौन दुराचारको मुद्दामा सोमवार दोषी ठहर गरेको छ। न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बमजनलाई दोषी ठहर गरेको अदालतका स्रेस्तेदार सदन अधिकारीले बताए।

    “बालयौन दुराचारमा अदालतले रामबहादुर बमजनलाई दोषी ठहर गरेको हो। सजायका लागि असार १७ गते पेसी तोक्ने आदेश भएको छ,” स्रेस्तेदार अधिकारीले भने। सरकारी अभियोजनकर्ताहरूले बमजनलाई १२ देखि १४ वर्षको जेलसजाय माग गरेका छन्। पछिल्लो समय बमजन पुर्पक्षका लागि थुनामा रहँदै आएका छन्।

    तल्लो अदालतले दोषी ठहर गरेका बमजन यस फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदनका लागि जान सक्छन्। उनले आफूविरुद्धका आरोपहरू अस्वीकार गर्दै आएका छन्। गत पुसमा प्रहरीले यौन हिंसा, हत्या र मानिसहरू बेपत्ता पारेका लगायतका विभिन्न आरोपमा बमजनलाई पक्राउ गरी उनीविरुद्ध सुरुमा जाहेरी परेको सर्लाही लगेको थियो।

    मध्यतराईको बाराको एउटा एकान्त वनमा ठूलो पीपलको बोटमुनि ध्यान गरिरहेका कलिला रामबहादुर बमजनले सन् २००५ मा एकाएक चर्चाको चुलीमा पुगेका थिए। त्यतिबेला १६ वर्षीय बमजनले जङ्गलमा ध्यान गर्न सुरु गरेका थिए। तर पछि उनको नाम विभिन्न विवादमा मुछिन थाल्यो।

    प्रहरीका अनुसार बमजनविरुद्ध चार जनालाई बेपत्ता बनाएको, एक जनाको हत्या गरेको र एक अनुयायीमाथि यौन हिंसा गरेको उजुरी परेको थियो। पाँच वर्षअघि सिन्धुपाल्चोकस्थित उनको आश्रममा गएका केही “अनुयायी” त्यहाँबाट नफर्किएका भन्ने विवरणसहित विभिन्न जिल्ला प्रहरी कार्यालयमा परेका उजुरीमा प्रहरीले छानबिन थालेको थियो।

    त्योसँगै सिन्धुपाल्चोकको बाँडेगाउँस्थित आश्रम सिलबन्दी गरेर अनुसन्धान थालिएको थियो। विसं २०७१ साल चैत १४ गतेदेखि सम्पर्कविहीन एक व्यक्तिको परिवारले किटानी जाहेरी दिएपछि प्रहरीले बमजनको आश्रममा अनुसन्धान थालेको थियो।

    सर्लाही जिल्ला अदालतले बमजनलाई पक्राउ गर्न अनुमति दिएपछि उनको खोजी तीव्र पारिएको थियो।गत पुसको अन्तिम साता प्रहरीले बमजनलाई मोटो रकमसहित काठमाण्डूमा पक्राउ गरेको थियो।

    बमजनआबद्ध संस्थाको वेबसाइट मैत्रीय डट इन्फोमा उपलब्ध जानकारीअनुसार उनको जन्म सन् १९९० को एप्रिल १० तारिखमा रतनपुर बारामा भएको थियो।उनका मातापिता किसान थिए। उनकी आमाको १२ वर्षको उमेरमा विवाह भएको थियो। उनका आमाबुवाका नौ सन्तान छन्। उनी साहिँला छोरा हुन्।

    उनले कलिलो उमेरमै ध्यानमा मग्न भएर सबैलाई आश्चर्यचकित बनाएको बताइन्छ। “उनी गर्भमा हुँदा उनकी आमालाई माछामासु खान मन लागेको थिएन र पछि बमजनले पनि मासु खाएनन्। उनी सानो उमेरदेखि नै लामो समयसम्म घरबाहिर जाने गर्थे,” वेबसाइटमा उल्लेख गरिएको छ।

    सन् २००५ मा बीबीसीसँगको कुराकानीमा उनका परिवार, साथीभाइ र अनुयायीले बमजन छ महिनासम्म पानी पनि नपिई ध्यानमा लीन भएको दाबी गरेका थिए।

    उक्त विवरणका अनुसार गौतम बुद्ध र बमजन दुवैका आमाको नाम मायादेवी भएकाले स्थानीयवासीहरूले उनले गरेको तपस्यालाई सिद्धार्थ गौतम बुद्धसँग जोडेर हेरेका थिए। उनलाई खासगरी केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले ‘लिटल बुद्ध’ को उपनाम दिएका थिए।

    तपस्या गर्ने क्रममा उनी बीचबीचमा हराउने र केही समयपछि फेला पर्ने क्रम चलिरह्यो। सोह्र वर्षको उमेरमा तपस्या गर्न सुरु गरेका बमजन पहिलो पटक १० महिना लामो ध्यान बसेकै बेला अचानक सम्पर्कविहीन भएको बताइन्छ। ध्यानमा रुचि र बुद्धसँगको तुलनाका कारण उनी बसेको स्थानआसपास उनलाई हेर्न मात्र आउने आगन्तुक र भक्तजनहरूको भिड लाग्ने गर्न थाल्यो।

    अनुयायीहरूले धार्मिक ध्वजापताका चढाउन थालेपछि उक्त स्थान बिस्तारै धार्मिक स्थलमा परिणत हुँदै गयो। नेपालमा मात्र नभएर विश्वव्यापी रूपमै चर्चा बटुल्न सफल उनी यति चर्चित भए कि उनले निकै कम समयमा सामान्य बुद्धभक्तबाट चर्चित तपस्वीको भेष धारण गरे।

    देशका विभिन्न ठाउँहरूमा आश्रम खोले र नेपालभित्र र बाहिर आफ्ना अनुयायीहरूको सङ्ख्या समेत क्रमिक रूपमा बढाउँदै लगे। त्यसै कारण उनले “भित्रभित्रै असीमित शक्ति” आर्जन गर्न थालेको उनीबारे प्रकाशित थुप्रै विवरणमा उल्लेख छ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ४ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ४ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ५ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.