हालखबर अनलाइन ।
इदको अवसरमा आबुधाबी म्युजिकल धमाका सिजन २ हुने भएको छ । अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास ) आबुधाबीको आयोजनामा राष्ट्रीय कलाकरहरुको उपस्थितीमा कार्यक्रम हुन लागेको हो ।
कार्यक्रममा गायक प्रमोद खरेल, अस्मिता अधिकारी , विश्व दोगं, महेश काफ्ले , सुनीता कार्कीको साथमा स्थानीय कलाकारको सागींतिक प्रस्तुती रहने इनाश आबुधाबी क्षेत्रीय कमिटीका अध्यक्ष अस्मत घिमिरेले जानकारी दिए ।
युएईको समय अनुसार जुन १५ तारिख शनिबार आबुधाबी बसपार्कमा रहेको फोक्कलोर थिएटरमा दिउँसो एक बजेबाट कार्यक्रम हुने आयोजकले जनाएको छ ।
कार्यक्रममा सहभागी हुन बिहिबार कलाकारहरु युएई आइपुगेका छन् । कलाकारको टोलीलाई दुवई विमान स्थलमा आयोजक टीमले स्वागत गरेका छन् ।
स्वागतका लागि आयोजकका तर्फबाट केशव नेपाल, अस्मत घिमिरे, रामु साहीं ठकुरी, कृष्ण गौतम, कविता बम, रस्मी रिजाल, विना मानन्दर ,गंगा खड्का ,गायक प्रकाश पौडेल, उमाकान्त पाण्डे, सागर भण्डारी, पुर्ण ओली ,एम डी बोहोरा ,हरी मोत्तान ,रञ्जित रिजाल ,प्रविन निरौला लगायतले दुवई विमानस्थलमा स्वागत गरेका थिए ।
आबुधाबीको विभिन्न स्थानबाट कार्यक्रममा सहभागी हुनेहरुको सहजताका लागि यातायातको समेत व्यवस्थापन गरिएको आयोजकका गंगा खड्काले बताए ।
इनाश आबुधाबीले गतवर्ष पनि इदको अवसरमा आबुधाबी म्युजीकल धमाकाको आयोजना गरेको थियो ।