Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Monday, April 27
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»विशेष»तेस्रो लगानी सम्मेलन सम्पन्न, चार वटा परियोजनाका लागि नौ अर्ब लगानी स्वीकृत
    विशेष

    तेस्रो लगानी सम्मेलन सम्पन्न, चार वटा परियोजनाका लागि नौ अर्ब लगानी स्वीकृत

    हालखबर अनलाइनBy हालखबर अनलाइन२ वर्ष अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाण्ठौ – सरकारले काठमाण्डौ आयोजना गरेको तेस्रो लगानी सम्मेलन, २०२४ सम्पन्न भएको छ । आइतवारदेखि शुरु भएको सम्मलेन सोमबार सकिएको हो ।

    सम्मेलनमा आठ सयभन्दा बढी विदेशी प्रतिनिधिसहित दुई हजार पाँच सयभन्दा बढी व्यक्तिको सहभागिता रहेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत तथा लगानी सम्मेलन सचिवालयका संयोजक सुशील भट्टले जानकारी दिए ।

    सम्मेलनबाट नेपालमा लगानीका लागि महत्वपूर्ण प्रतिबद्धता प्राप्त भएको उनको दावी छ । सम्मेलनमा आशयपत्र माग गरिएका १९ र मार्केट साउन्डका नौ परियोजनासहित एक सय ५४ परियोजना प्रस्तुत गरिएको थियो । आशयपत्र पेस गर्न लगानीकर्तालाई ऊर्जा परियोजनाको हकमा ४५ दिन र गैर–ऊर्जा परियोजनाको हकमा ३५ दिनको समय प्रदान गरिएको छ । तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत् विभिन्न चारवटा परियोजनाका लागि ९ अर्ब १३ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ ।

    यस्तै निजी क्षेत्रमा सहकार्य सम्बन्धि सात वटा सम्झौता र समझदारीमा हस्ताक्षर भएको छ । विश्व बैंक समूह, चीन, भारत, कुवेत, युएई, बेलायत र अमेरिकाका प्रतिनिधिले सहयोगका क्षेत्रहरूमा छलफल गरी नेपालमा लगानीका अवसरहरू खोज्न चासो व्यक्त गरेका छन् । नेपालको दिगो विकास पहलहरूलाई समर्थन गर्ने प्रतिवद्धता पनि यी निकायहरुले जनाएका छन् ।

    तेस्रो लगानी सम्मेलनमा सरोकारवालाहरू नेपालमा लगानीको लागि अनुकूल वातावरण बनेको सन्देश दिएका छन् । लगानी आह्वान गर्न आयोजना गरिएको सम्मेलनमा सरकार, प्रतिपक्ष तथा शीर्ष नेताहरूका साथै निजी क्षेत्रले लगानीको लागि एक स्वरमा आह्वान गरेका छन् ।

    त्यस्तै विकास साझेदार संस्थाहरूले नेपालमा लगानीको वातावरण बन्दै गएको प्रतिक्रिया दिएका छन् । लगानी सम्मेलनमा प्रतिबद्धता आएपनि लगानी भित्राउन भने सरकारले थप पहल गर्नुपर्ने विज्ञहरुले सुझाव दिएका छन् । नेपालमा यस अघि २०७३ सालमा भएको लगानी सम्मेलनमा १४ खर्ब रुपैयाँ बराबरको लगानीको प्रतिवद्धता आएकोमा झण्डै दुई खर्ब रुपैयाँ जतिको मात्र लगानी आउन सकेको सरकारी तथ्याङ्क छ ।

    यस्तै २०७६ सालको लगानी सम्मेलनमा १५ खर्ब रुपैयाँ जतिको प्रतिवद्धता आएकोमा एक खर्ब रुपैयाँभन्दा कम मात्र लगानी आउन सकेको सरकारी अधिकारीहरु बताउँछन् ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.