Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ४ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ४ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि
    Facebook Twitter Instagram
    Monday, April 20
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»श्रम/रोजगार»वैदेशिक रोजगारीमा जाने श्रमिकलाई हवाइ जहाजभित्र अनिवार्य खानाको व्यवस्था हुनुपर्छ : श्रममन्त्री
    श्रम/रोजगार

    वैदेशिक रोजगारीमा जाने श्रमिकलाई हवाइ जहाजभित्र अनिवार्य खानाको व्यवस्था हुनुपर्छ : श्रममन्त्री

    हालखबर अनलाइनBy हालखबर अनलाइन२ वर्ष अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाण्डौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई हवाई जहाज भित्र अनिवार्य रुपमा खानाको व्यवस्था गर्न आग्रह गरेका छन्।

    सोमबार वैदेशिक रोजगारी व्यवसायी संघ र मन्त्रालयबीच मन्त्रालयमा नै भएको छलफलमा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर व्यवसायी मार्फत रोजगारीमा जाने श्रमिकलाई हवाई जहाजको टिकटमा अनिवार्य रुपमा खानाको व्यवस्था गर्न मन्त्री अर्यालले आग्रह गरेका हुन्।

    मध्यपूर्व तथा मलेसिया जाने श्रमिकले औसत चार घण्टाको यात्रा तय गर्नुपर्ने हुन्छ। यात्रा गर्नुपूर्व तीन घण्टा अगाडी नै विमानस्थल पुग्नुपर्ने हुन्छ। गन्तव्य मुलुक पुगेपछि पनि श्रमिकले समयमा नै खाना खान पाउँदैनन्। यसरी वैदेशिक रोजगारीमा जादा घण्टौसम्म भोक भोकै बस्नु पर्ने अवस्था छ।

    त्यसैले हवाई जहाजको टिकटमा नै खानाको व्यवस्था गरी दिन मन्त्री अर्यालले आग्रह गरेका हुन्।

    “मुलुकभित्रै अवसरमा नपाएर युवाहरु विदेशिन्छन्। विदेशिँदै गर्दा पनि हामी श्रमिकलाई घण्टौँसम्म भोकै राख्छौँ,” उनले भने, “कम्तीमा पनि जहाज भित्र पानी र एक पटकको खानाको व्यवस्था गरिदिनुस्।”

    वैदेशिक रोजगारीमा जाने श्रमिकलाई खाना दिनुपर्ने विषयमा व्यवसायीहरु पनि सकारात्मक रहेको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए।

    त्यसैले नेपाल नागरिक उडड्यन प्राधिकरणले नै एयरलाईन्सलाई अनिवार्य रुपमा खाना उपलब्ध गराउनु पर्ने नियम बनाईदिनुपर्नै उनले बताए।

    नेपालबाट औसत एक हजार ५०० युवा दैनिक रोजगारीका लागि मलेसिया तथा मध्यपूर्वका विभिन्न मुलुकमा जाने गरेका छन्। यी मुलुकहरुमा विभिन्न एयरलाईन्स उडान भर्दै आएका छन्। नेपाल एयरलाइन्स, हिमालयन एयरलाइन्स, मालिन्दो एयरलाइन्स, मलेसियन एयरलाइन्सले नेपाल देखि मलेसियाका उडान भर्दै आएका छन्।

    हिमालयन एयरलाइन्स, नेपाल एयरलाइन्स, कतार एयरलाइन्सले नेपाल र कतार लागि उडान भर्दै आएका छन्। त्यस्तै, नेपालदेखि साउदी अरेयिबाका लागि हिमालयन एयरलाइन्सले मात्रै सिधै उडान भर्दै आएको छ भने एयर अरेयिबा, फ्लाई दुबई, कतार एयरलाइन्स, जजिरा एयरलाइन्स, कुवेत एयरलाइन्स, सलाम एयर, इन्डिगो एयरलाइन्स, एयर जजिरा, एयर इण्डियाले ट्रान्जिट उडान भर्दै आएका छन्।

    सलाम एयरलाइन्सले ओमान र नेपालबीच सिधै उडान भर्दै आएको छ भने फ्लाई दुबई, एयर जजिरा, एयर अरेयिबा, कतार एयरवेजले ट्रान्जिट उडान भर्दै आएका छन्। युएईका लागि भने हिमालयन एयरलाइन्स, नेपाल एयरलाइन्स, फलाई दुबई, एयर अरेबियाले सिधै उडान भर्दै आएका छन् भने एयर जजिरा, इन्डिगो, एयर इण्डिया, कुवेत एयरवेज, सलाम एयरवेजले ट्रान्जिटबाट उडान भर्दै आएका छन्।

    कुवेतका लागि कुवेत एयरवेज र एयर जजिराले उडान भर्दै आएका छन्। तर, नेपाल एयरलाइन्स लगायत अन्य चारवटा एयरलाइन्सले मात्रै अनिवार्य रुपले खाना दिने गरेको व्यवसायीहरु बताउँछन्।

    छलफलमा वैदेशिक रोजगारीमा जाने श्रमिकको सेवा शुल्क, मागपत्र प्रमाणीकरण लगायतका विषयलाई व्यावहारिक बनाउन व्यवसायीले आग्रह गरेका थिए।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि

    इरानमा नेपाली कति छन् ? उनीहरु के भन्छन् ?

    ३ महिना अगाडि

    नेपाली मूलका धावक बाल जोशी वर्ल्ड म्याराथन च्यालेन्जमा सहभागी हुने, ७ दिनमा ७ महादेश दौडिने

    ३ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ५ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.